Incident Reports

Bomb Blast in UCPN-M Party Office

2013-11-14

Nawalparasi, UCPN-M ko party karlayama bomb bisphot. Nawalparasi/November 14, A bomb planted by an unidentified group has gone off at Gaindakot VDC on November 14. Police informed that no human casualties occurred in the incident. Police have suspected that the bomb might have been planted by CPN-M. A petrol bomb was hurled at a jeep which was heading to east from west in Makar VDC-2. Inspector at Area Police Office, Bardaghat said that the explosion caused no damage. Similarly, an unidentified group has torched a jeep (with Indian registration no. 56 H 9580) used by Tarai Madhesh Forum Party (Amrit Yadhav's Group) candidate Suryamal Yadhav. A group of unknown persons had told the passengers to escape from the jeep and then set it on fire. SP at District Police Office Bishnuhari Gautam said that the jeep was completely destroyed in the incident. Search for the group involved in the incident is underway, he said. Narayan Parajuli नवलपरासी । ०७० कात्तिक २८ गते, गैडाकोट गाविस स्थित एमाओवादीको पार्टी कार्यालयमा कात्तिक २८ गते बिहान अज्ञात समूहले बम विस्फोट गराएको छ । विस्फोटबाट भौतिक क्षति भए पनि कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । प्रहरीले संविधान सभा निर्वाचनको विरोधमा रहेको नेकपा-माओवादीले विस्फोट गराएको हुनसक्ने अनुमान गरेको छ । तर, घटनामा संलग्नलाई गिरफ्तार गर्न सकेको छैन् । यसैगरी, माकर गाविस-२ चिसापानी जङ्गलमा कात्तिक २७ गते राती अज्ञात समूहले कुखुरा ओर्सार्ने जीपमा पेट्रोल बम प्रहार गरेको छ । करिब साढे आठ बजेको समयमा पश्चिमबाट पूर्वतर्फगइरहेको जीपमा बम प्रहार भएको हो । इलाका प्रहरी कार्यालय बर्दघाट प्रहरी निरीक्षक बेनीमहादेव पौडेलले जीपमा कुनै पनि क्षति नभएको बताए । यस्तै अरुणखोला र दुम्कीबासको बीचको जङ्गलमा ना ४ प ४७०१ न.को बसमा अज्ञात समूहले तोडफोड गरेको छ । त्यस्तै पूर्व पश्चिम राजमार्गको गैडाकोटमा ना ४ ख ५२८ नं.को गाडीमा बिहान १२.३० बजेको समयमा तोडफोड गरी क्षती पुर्‍याएका छन् । यसैगरी, तराई मधेश फोरम पार्टी(अमृत यादव समूह) का तर्फबाट क्षेत्र नं ५ का प्रत्यक्ष उम्मेदवार सूर्यमल यादवको ५६ एच ९५८० भारतीय नं. को वोलेरो गाडीमा कात्तिक २६ गते साझ अज्ञात समूहले आगजनी गरेको छ । १५ जानाको एक समूहले उम्मेदवार यादव लगाएत कार्यकर्तालाई गाडीबाट ओराली आगजनी गरेका थिए । आगजनीबाट गाडी पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक बिष्णुहरी गौतमले बताए । आगजनी गर्ने समूहको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । नारायण पराजुली

0 Comments