Incident Reports

Woman Demands Alimony

2013-12-03

Madhes, Saptari, Rajbiraj

Saptari, Pidit mahiladwara manachamal muddha dayar. Rakhi Jha, 25, of Chanaura Padariya in Rajbiraj Municipality-2 has filed a case against her husband Pravin Jha, 30, and Radha Kanta Jha, 60, at District Court on December 3 demanding alimony. She has asked for justice demanding education, food and medical treatment be provided from them. She has been living in her parental home at Birpur VDC-3 after she was expelled from her house. The victim complained that she was abused by her father-in-law Radha Kanta, including other family members on charge of not bringing dowry. Rakhi and Pravin were married 18 months ago. The accused Radhakanta refuted the allegations saying that it was baseless. Manohar Kumar Pokharel राजविराज नपा-२ चनौरा पडरियाकी २५ वर्षीया राखी झाले राजविराज नपा-२ निवासी ससुरा ६० वर्षीय राधाकान्त झा, पति ३० वर्षीय प्रविण झाविरुद्ध मङ्सिर १७ गते जिल्ला अदालतमा मानाचामल मुद्दा दर्ता गरेकी छन् । उनले उजुरीमा शिक्षादिक्षा, खाना र औषधोपचारका लागि मानाचामल दिलाई/भराई पाउने व्यवस्थासहितको इन्साफ पाउँ भनी माग गरेकी छन् । घरबाट निकालिए पछि पीडित बरही विरपुर गाविस-३ स्थित माइतमा बस्दै आएकी छन् । पीडितले दाइजो नल्याएकोमा ससुरा राधाकान्तलगायत घरपरिवारको योजनामा सोही ठाउँका २८ वर्षीय मो. सल्लाउद्दिनलगायतका केही युवाबाट असार ११ गते साँझ घरमै आफूमाथि दुर्व्यवहार भएको आरोप लगाएकी थिइन् । ०६९ माघ महिनामा पतिसहितले घरबाट निकाला गरेपछि अधिकारकर्मीको पहलमा जिल्ला प्रहरी कार्यालयले आफ्नो विवाह दर्ता गराइदिए पछि सासू र ससुराले घरमा दुर्व्यवहार गर्न थालेको उनले बताइन् । राखी र प्रवीणबीच ०६९ वैशाख १४ गते सामाजिक परम्पराअनुसार विवाह भएको थियो । आरोपित राधाकान्तले आफूलाई बदनाम गर्न झुठा आरोप लगाएको बताए । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis