Incident Reports

प्रतिबन्धित नेकपा निकट युवासंघका जिल्ला सदस्य गिरफ्तार

2020-01-05

Lumbini, Dang, Shantinagar, Ward 4

नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी निकट युवासंघ दाङका जिल्ला सदस्य तुलसीपुर उपमनपा–५ का २८ वर्षीय अर्जुन शाहीलाई प्रहरीले पुस २० गते गिरफ्तार गरेको  जनाएको छ ।

शाही उपर प्रदेश सभा  निर्वाचनका क्रममा  ०७४ मङ्सिर १२ गते डिउटीमा रहेका तुलसीपुर उपमनपा– १२ का म्यादी प्रहरी विनोद चौधरीलाई बम विस्फोट गराई हत्या गरेको  र एनसेल टावरमा आगजनी सम्बन्धि  मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी जनकप्रसाद भट्टराईले बताउनु भयो ।

आरोपितलाई शान्तिनगर गाउँपालिका– ४ भलानेटीमा क्यारेम बोर्ड खेल्दै गरेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको थियो । शाहीको  स्वास्थ्य परीक्षण पुस २० गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको प्रहरीले जनायो ।

जयनारायण पुन


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments