Incident Reports

राजविराजस्थित एनआईसी एसिया बैंकमा बम फेला

2020-01-14

Madhes, Saptari, Rajbiraj, Ward 8

सप्तरीको राजविराज ८ स्थित एनआईसी एसिया बैकमा बम फेला परेको छ।

भवनकाे दाेस्राे तलामा जाने भर्‍याङ्‌काे बीच भागमा कार्टुनमा प्लास्टिकले बेरेर राखिएको अवस्थामा बम फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

कार्टुनको बाहिरी भागमा खतरा लेखिएको र तारसमेत बाहिर निस्किएकाे अवस्थामा बम फेला परेकाे हाे।

बिहान करिब साढे ९ बजे कार्यालय खुल्दा कुनै चिज नरहे पनि ग्राहकका लागि कार्यालय खुला गर्ना साथ बम जस्तो वस्तु देखिएको बैंकका म्यानेजर मुकेश साहले जानकारी दिए।

बिहान करिब साढे १० देखि ११ बजेको बीचमा बम राखिएको हुन सक्ने उनले बताए।

करिब ११ बजे आफैंले उक्त वस्तु देखेपछि प्रहरीलाई खबर गरेको साहले जानकारी दिए। राजविराजस्थित सेनाकाे भीम दल गणको डिस्पोजल टोलीले बम डिस्पोजको तयारी गरिरहेको छ। बमका विषयमा हालसम्म कसैले जिम्मेवारी लिएको छैन।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people N
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Saptari

0 Comments

Related Reports