Incident Reports

Abandoned Infant Rescued by Police

2014-01-04

Bagmati, Makawanpur, Manahari

Makwanpur,bevaris nabalakhko praharidwara uddhar. The police have rescued a severely malnourished infant from the bank of Rapti River of Manhari VDC-8on the evening of January 4. The locals informed the police about the infant who was apparently abandoned in the bank of river. The police handed it over to the District Police Office. A treatment committee has been formed with the coordination of District Police Office, Makawanpur and Child Welfare Office due to its critical health condition. Various organizations working for the welfare of the children in the district have collected Rs 21,000 for its treatment. The infant was taken to the Hetauda Hospital for the treatment on January 5. The pediatric Hari Bahadur Khadka informed that the infant is suffering from malnutrition and neuro problem. He has been taken to Kathmandu for further treatment. The police said that the minor might have been abandoned because of the financial crisis suffered by the parents for his treatment. Pratap Bista मनहरीस्थित राप्ती खोलाको बगरमा कुपोषणले ग्रस्त एक नाबालकलाई पुस २० गते बेलुका प्रहरीले उद्धार गरेको छ । मनहरी गाविस-८ रजैयास्थित राप्ती खोलाको बगरमा बेवारिस अवस्थामा फेला परेको करिब ८ महिनाको बालकलाई प्रहरीले उद्धार गरेको हो । स्थानीयवासीले आँखा हेरिरहेको बेवारिस बालक बगरमा लडिरहेको देखेपछि इलाका प्रहरी कार्यालय मनहरीलाई खबर गरिदिएका थिए । प्रहरीले बेवारिस अवस्थामा फेला परेको बालक जिल्ला प्रहरी कार्यालय हेटौडालाई बुझाएको थियो । प्रहरी कार्यालयले बालकको स्याहार सुसार र औषधी उपचार गर्न हेटौँडास्थित ग्रामीण जीवनस्तर सुधार मञ्चलाई दिएको छ । बालकको स्वास्थ्य अत्यन्त नाजुक भएकाले औषधी उपचारका निम्ति जिल्ला प्रशासन कार्यालय हेटौँडाले महिला तथा बालबालिका कार्यालयको संयोजकत्वमा उपचार समिति पनि गठन गरेको छ । बालकको उपचार गर्न हेटौडामा रहेका बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थाहरूले २१ हजार रुपैया सङ्कलन गरेका छन् । उपचारका निम्ति बालकलाई पुस २१ हेटौँडा अस्पताल लगिएको थियो । बाल विशेषज्ञ चिकित्सक हरिबहादुर खड्काले बालकको टाउकोमा पानी जमेको र कुपोषणले ग्रस्त भएको बताएका थिए । थप उपचारका निम्ति काठमाडौँ लैजान डा. खडकाले सल्लाह दिएपछि बालकलाई सोही दिन काठमाडौँ लगिएको मञ्चकी अध्यक्ष इन्दिरा न्यौपानेले बताइन् । टाउको ठूलो, हात गोडा सुकेको बालककेा नाम 'उद्धार मकवानपुर' राखिएको छ । बालकको उपचारका निम्ति सक्दो प्रयास गरिने सहायक प्रजिअ हरिप्रसाद भण्डारीले बताए । बालकको उपचारको निम्ति सहयोग गर्न उनले आग्रह गरेका छन । बालकको उपचार गर्न नसकेर अभिभावकले बगरमा ल्याएर फालिदिएको हुन सक्ने प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले बताए ।

0 Comments

Related Reports
Related Trend Analysis