Incident Reports

Court Slaps Former CA member with 7-year Imprisonment

2014-02-05

Gandaki, Kaski, Pokhara Lekhnath

Kaski, Balatkaarko abhiyogma purvasansadlaai saat barsha kaid. The district court has slapped former Constituent Assembly (CA) member Mohammad Safiq Miyan with 7-year imprisonment and Rs 2 lakh fine for raping a 14-year-old girl. Shrestedar at the court Din Bandhu Baral said that Judge Ram Prasad Oli issued the verdict and extract the amount from him as compensation to the victim on February 5. Family of the victim had filed a complaint at the District Police Office on November 3, 2012 stating that Miyan raped the girl at various occasions threatening her since one year. The girl was staying at his home as domestic help. Police had rescued the girl from his home on January 30, 2013. Miyan, who was absconding after a case was registered against him, had appeared before court on June 10, 2013. San Bahadur Thapa एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पूर्व सभासद ४२ वर्षीय मोहम्मद सफिक मियाँलाई जिल्ला अदालतले माघ २२ गते सात वर्षकैद र रू.२ लाख जरिवाना गर्ने फैसला गरेको छ । घरेलु कामदारको रुपमा ०६८ सालदेखि राखिएकी उक्त बालिकालाई मियाँले विभिन्न प्रलोभन, डर, धाक देखाउदै पटक-पटक बलात्कार गरेको भन्दै पीडित परिवारले ०६९ कात्तिक १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । जिल्ला प्रहरी कार्यालयले पीडित परिवारले उजुरी दिएपछि कात्तिक १९ नै जबरजस्तीकरणी अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान जारी राखेको थियो । स्याङजा जिल्ला स्थायी घर भइ पोखरा उमनपा-९ नयाँबजार बस्ने पूर्व सभासद मियाँलाई जिल्ला अदालतका न्यायाधीश रामप्रसाद ओलीको इजलासले सात वर्षकैदका साथै मियाँले पीडित बालिकालाई रू.२ लाख क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको अदालतका श्रेस्तेदार दीनबन्धु बरालले बताए । विपन्न परिवारकी बालिकालाई एनेकपा माओवादीका तर्फबाट समानुपातिकतका पूर्व सभासद मियाँले मासिक एक हजार तलव दिने सर्तमा घरेलु कामदारको रुपमा पीडितलाई ल्याएकोमा दुई महिनापछि नै यौन शोषण गर्दै आएको पीडित बालिकाले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । यसअघि बालिका यौन शोषण गरेको सूचनाका आधारमा ०६९ माघ १७ गते बालिकालाई पीडकको डेराबाट प्रहरीले उद्दार गरी परिवारको जिम्मा लगाएको थियो । मुद्दा दर्ता भए लगत्तै फरार रहेका मियाँ ०७० जेठ २७ गते अदालतमा हाजिर भएकोमा अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । सनबहादुर थापा

0 Comments

Related Reports
Related Trend Analysis