Incident Reports

Convict Lands in Jail 16 Years after Court Verdict

2014-02-18

Gandaki, Kaski, Pokhara Lekhnath

Kaski, faisla bhayeko 16 barsha pachi manav bechbikhanka aaropit jail chalan. Hari Maya Thapa alias Burmeli, 75, has been sent to jail on February 18, 16 years after the district court convicted her of trafficking a 28-year-old girl. Family of the victim had filed a complaint against Hari Maya accusing her of selling the victim of Pokhara submetropolis-16 in Mumbai, India on July 9, 1993 under the pretext of marrying her to an Indian Army officer. The district court, on May 1, 1997, had sentenced Hari Maya to 10-years in prison and a fine of Rs 12,000. Hari Maya, who was absconding after the court verdict, was arrested by police on February 16 and presented before court. The victim had managed to flee from the brother in India on December 29, 1993. San Bahadur Thapa जिल्ला अदालतले फैसला गरेको १६ वर्षपछि एक २८ वर्षीया महिलालाई मानव बेचबिखन तथा ओसार-पसार गरेको आरोपमा फरार रहेकी ७५ वर्षीया बर्मेली भन्ने हरिमाया थापा फागुन ५ गते जेल चलान भएकी छन् । पोखरा उमनपा-१६ निवासी आरोपित थापाले पीडित महिलालाई भारतीय सेनाका अधिकृतसँग विवाह गरिदिने प्रलोभनमा ०५० असार २५ गते भारतको बम्बईमा लगेर बेचेको भन्दै पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा ०५० असार २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । आरोपित विरुद्ध तत्कालीन समयमा जीऊ मास्ने, बेच्ने अपराध अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान गरेकोमा जिल्ला अदालतले ०५४ वैशाख १९ गते आरोपित थापाविरुद्ध १० वर्षकैद र रू. १२ हजार जरिवानाको फैसला गरेको थियो । घटना लगत्तै फरार रहेका थापालाई प्रहरीले ०७० फागुन ४ गते गिरफ्तार गरी अदालत पेश गरेकोमा अदालतले कैद ठेकी कारागार चलान गरेको जिल्ला अदालतका श्रेष्तेदार दीनबन्धु बरालले बताए । फैसला अनुसार रू. १२ हजार जरिवाना अदालतले ०६९ असार ६ गते नै असुल गरेको थियो । यसैबीच उक्त मुद्दाको पुनरावेदन अदालत पोखराले ०५५ जेठ १२ गते र सर्वोच्च अदालतले ०५९ जेठ १७ गते जिल्ला अदालतको फैसलालाई नै सदर गरेको थियो । पीडित महिला ०५० पुस १४ गते बम्बईको कोठीबाट भागेर घर फर्किन् । सनबहादुर थापा

0 Comments