Incident Reports

New Mothers Deprived of Incentive

2014-02-28

Sudurpashchim, Darchula, Shailyashikhar

Darchula, sutkeri mahila protsahan rakam paunabata vanchit. Three women from Gwani VDC have been deprived of receiving incentive money provided by the government for giving birth at the birthing centre. The affected new mothers are Devaki Saud, Manamati Rawat of ward no. 7 and Bisna Rawal of ward no 8. The local women complained that they were deprived of money even though they gave birth at the birthing centre. Sub-health post in-charge Rajendra Prasad Bista said that the local women from the Gwani VDC were deprived from the incentive because it is not listed as a birthing center. The government has been handing out Rs 1,500 to the women of Mountainous region for giving birth to a child at health institute. Dr Rameshwor Devkota of District hospital of Darchula showed his commitment to give permission of birthing center to the Gwani sub-health post. Narendra Singh Karki सरकारले स्वास्थ्य संस्थामा बच्चा जन्माएबापत पाउने प्रोत्साहन रकम पाउनबाट ग्वानी गाविसका तीन जना महिला वञ्चित भएका छन् । वञ्चित हुनेहरुमा ग्वानी गाविस-६ की देवकी साउँद, वडा नम्बर ७ की मानमति रावल र वडा नम्बर ८ कप् बिस्ना रावल रहेका छन् । विगत तीन महिनादेखि ग्वानी उपस्वास्थ्य चौकीमा महिलाहरुले बच्चा जन्माउन थालेपनि रकम पाउनबाट भने वञ्चित रहेको स्थानीयले बताएका छन् । ग्वानी उपस्वास्थ्य चौकीमा बच्चा जन्माउन शुरु गरेको भएपनि बर्थिङ सेन्टर सूचीकृत नहुँदा प्रोत्साहन रकम पाउनबाट वञ्चित भएको उपस्वास्थ्य चौकी इन्चार्ज राजेन्द्रप्रसाद विष्टले बताए । सरकारले स्वास्थ्य संस्थामा बच्चा जन्माए हिमाली जिल्लामा १ हजार ५ सय रुपियाँ दिदै आएको छ । जिल्ला अस्पताल दार्चुलाका डा. रामेश्वर देवकोटाले ग्वानी उपस्वास्थ्य चौकीलाई चैतभित्र बर्थिङ सेन्टरको लागि स्वीकृत प्रदान गर्ने प्रतिबद्धता गरेका छन् । ग्वानी उपस्वास्थ्य चौकीमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै डा. देवकोटाले बर्थिङ सेन्टर सञ्चालन गर्न कर्मचारी पठाइसकेको बताए ।

0 Comments

Related Reports
Related Trend Analysis