Incident Reports

Complaint Lodged against Trafficking

2014-03-24

Dadeldhura, Bechbikhanko aropma ujuri. Dadeldhura/ March 25 An 18-year-old woman of Alital VDC-7 has lodged a complaint at police office on March 24 against Mani BK accusing him of attempting to traffick her to Mumbai luring her of marriage. She complained that he lured her that she would get married with an engineer and was forcefully involved in prostitution by an accused. ASI Karbir Airee said that the accused would be arrested and charged under Human Trafficking Act based on the complaint lodged by the accused. Rajendra Thagunna आलिताल गाविस-७ रज्यौडाकी १८ वर्षीया अम्बिका वि.क.ले आफूलाई विवाह गरिदिने बाहनामा दाजु नाता पर्ने मनि वि.क.ले बेचबिखनका लागि भारतको बम्बै पुर्‍याएको भन्दै चैत १० गते प्रहरीमा उजुरी दर्ता गरिन् । इन्जिनियरसँग विवाह गराई दिने भन्दै आलितालकै वि.क.ले ०७० माघ ७ गते बम्बईमा पुर्‍याई भारतीय नागरिकको कोठामा राखेको र बेहोस हुने औषधी खुवाएर अवैध क्रियाकलाप गराउने गरेको आरोपमा पीडितले प्रहरीमा उजुरी दर्ता गराएकी हुन् । कोठामा कोही नभएको समयमा आफू भागेको र दुई जना नेपालीले आफ्नो उद्धार गरी दिल्लीसम्म पुर्‍याएपछि आफन्तको सहयोगमा घर फर्केको पीडित महिलाले निवेदनमा उल्लेख गरेकी छन् । पीडितले विवाह गरिदिने नाममा आफूलाई बेचबिखनमा संलग्न व्यक्ति घरमै भएकोले कारबाहीको लागि निवेदन दिएको बताइन् । प्रहरी सहायक निरीक्षक करविर ऐरले पीडितको निवेदन अनुसार आरोपितलाई गिरफ्तार गरी मानव ओसार पोसार तथा बेचबिखनको मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइने बताए । यसैबीच, आरोपित मनि वि.कलाई चैत ११ गते प्रहरीले गिरफ्तार गरेको छ । राजेन्द्र ठगुन्ना

0 Comments