Incident Reports

Man Arrested On Charge of Rape

2014-04-07

Gandaki, Tanahun, Byas

Tanahun/April 8 Police have arrested Santosh Lama, 21, of Shyamgha VDC-5 on April 7 on charge of raping a 14-year-old girl. He was arrested at Patan of Byas Municipality-7. The girl, went missing on February 24, was found at his room by the police. The police began search for the girl after her relatives filed a missing person report on February 26. A District Police Office team led by Inspector Resham Bahadur Shrestha had rescued the girl who traced the girl on the basis of the call details of her mobie phone. Lama has been kept in the police custody. The girl was handed over to her guardians after medical checkup at the District Hospital. Inspector Shrestha said that a case would be filed against him at District Court on April 9. Prakash Chandra Bhattarai श्याम्घा गाविस-५ की १४ वर्षीया एक बालिकालाई बलात्कार गरेको आशङ्कामा प्रहरीले सोही ठाउँका २१ वर्षीय सन्तोष लामालाई चैत २४ गते व्यास नपा-७ पाटनबाट गिरफ्तार गरेको छ । गत ०७० फागुन १४ गते घरबाटै बेपत्ता भएकी ती बालिकाको खोजी गर्ने क्रममा प्रहरीले पाटनमा रहेको लामाको कोठाबाट बालिका सहित लामालाई गिरफ्तार गरेको थियो । बालिकाका आफन्तले बालिका हराएको बारेमा जिल्ला प्रहरी कार्यालयमा गत फागुन १६ गते निबेदन दिएका थिए । बालिका खोज्ने क्रममा उनले प्रयोग गरेको मोवाईलको रेकर्डको आधारमा प्रहरीले बालिकालाई लामाको कोठाबाट उद्धार गरेको थियो । जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रेशमबहादुर श्रेष्ठको कमाण्डमा गएको टोलीले बालिकालाई उद्धार गरी ल्याएको थियो प्रहरीले जनाएको छ । गिरफ्तार लामालाई हिरासतमा राखिएको छ । बलात्कार भएको हुन सक्ने आशङ्कामा चैत २४ गते नै दमौली अस्पतालमा स्वास्थ्य परीक्षण गरी बालिकालाई प्रहरीले अभिभावकको जिम्मा लगाएको छ । आरोपितसँग बयान जारी रहेको र चैत २६ गते जिल्ला अदालतमा उनी विरुद्ध मुद्दा दायर गरिने इन्स्पेक्टर श्रेष्ठले बताए । एक जना १४ वर्षीया एक बालिकालाई बलात्कार गरेको आशङ्कामा प्रहरीले श्याम्घा गाविस-५ का २१ वर्षीय सन्तोष लामालाई ०७० चैत २४ गते व्यास नपा-७ पाटनबाट गिरफ्तार गरेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis