Incident Reports

गोंगबुमा सुटकेसभित्र टाउकोविनाको शव भेटियो

2020-08-09

Bagmati, Kathmandu, Kathmandu

 गोंगबुको गणेशस्थान नजिक सुटकेसभित्र टाउको विनाको शव फेला परेको छ । टाउको भने तीन सय मिटर टाढा भेटिएको छ ।

आइतबार बिहान टोखा  नगरपालिका-१० गोङ्गबुमा सुटकेसभित्र टाउको नभएको अवस्थामा शव फेला परेको  हो।

'सुटकेसभित्र शव प्याक गरिएको अवस्थामा भेटिएको हो। टाउको भने अलि पर भेटिएको छ,'महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी राजकुमार केसीले भने।

उनका अनुसार शव पहिचान भइसकेको छैन।

परिसरका प्रमुख एसएसपी श्याम ज्ञवाली र अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापालगायतको टोली घटनास्थल पुगेको छ।


Upload

गोंगबु हत्या काण्डमा आरोपित महिला चितवनबाट पक्राउ

गो‌ंगबुमा आइतबार कृष्णबहादुर बोहराको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक महिलालाई साेमबार साँझ नियन्त्रणमा लिएको छ।

महानगरीय अपराध महाशाखाको टोलीले चितवनबाट कल्पना शाहीलाई नियन्त्रणमा लिएको हो।

प्रहरी स्रोतका अनुसार उनलाई चितवनबाट काठमाडौं ल्याइँदैछ। गो‌ंगबुस्थित ती महिला बस्ने घरमा बेला-बेलामा मृतक बोहोरा जाने गरेकाे प्रहरीले जनाएकाे छ। उनका श्रीमान् भने विदेशमा छन्।

गोङ्गबुको गणेशस्थान नजिकै सडक छेउ सुटकेसभित्र आइतबार शव भेटिएको थियो। उक्त सुटकेसभित्रकाे शवमा टाउको र खुट्टा भने छुट्टिएकाे थियाे।

पछि प्रहरीले डग स्कुलबाट तालिमप्राप्त कुकुरको सहायता लिई टाउको र खुट्टा ३ सय मिटर पर झाेलामा भेट्टाएको थियो।

प्रहरीले सोमबार दिउँसोसम्म शवको सनाखत गर्न सकेको थिएन। हत्या गरिएका बोहराको तस्वीर दिउँसाे सार्वजनिक गरेपछि उनको पहिचान खुलेको थियो।

प्रहरीका अनुसार उनका मामा सम्पर्कमा आएपछि प्रहरीले घटना भएको घर पनि फेला पारेको हो।

दाङ निवासी मृतक बोहोरा गोंगबु नयाँ बजार क्षेत्रको गार्मेन्ट उद्योगमा काम गर्थे।
 



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Killed 1
Youth Killed 00
National/Online Media

0 Comments

Related Reports