Incident Reports

Attempt to Rape Case Filed Against Two Accused

2014-05-06

Bagmati, Kathmandu, Kathmandu

Kathamndu,Samuhik balatkaar prayashka aropitharu virudh muddhha dayar. Kathmandu/May 7 Metropolitan Police Range, Kalimati has filed a case of attempt to rape against two men, aged 26 of Dolakha and 28 of Nuwakot on May 6 on charge of trying to rape a 15-year-old girl. SI Hari Singh Dhami said that the District Court Kathmandu has granted seven days for the police to investigate the case. According to the police, the accused had tried to rape the girl inside a vehicle (Ba 2 Kha 906) at Satya Sai Petrol Pump in Kathmandu Metropolis-13 around mid-night on May 5. Their attempt was foiled when a taxi driver, who happened to be nearby, found out about it and intervened. The girl, hailing from Chitwan, was living her paternal uncle and aunt for the last three months. She said that she had left their place when the aunt thrashed her. She was waiting for a bus to Chitwan at Makalu Petrol Pump when the duo, driver and his helper of a bus, convinced her that they would send her home the next morning as the vehicles were not plying and took her to the site. The girl was taken to Bir Hospital for medical check-up. SI Dhami said that she was sent to CWIN Nepal's shelter as no relative had arrived. Vivek Dhungana काठमाडौँ । ०७१ वैशाख २४ गते एक १५ वर्षीया बालिकालाई सामुहिक रुपमा बलात्कार प्रयास गर्ने दोलखा जिल्ला भेड्पु गाविस-६ का २६ वर्षीय नविनजङ्ग थापा र नुवाकोट जिल्ला मदानपुर गाविसका २८ वर्षीय सुमन लामाविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ । आरोपितहरू विरुद्ध महानगरीय प्रहरी बृत्त कालिमाटीले वैशाख २३ गते जिल्ला अदालतमा जबर्जस्ती करणी उद्योग सम्बन्धी मुद्दा दायर गरेको हो । मुद्दा दायरसँगै घटनाको अनुसन्धानका लागि अदालतले सात दिनको म्याद थप गरेको कालिमाटी मुद्दा शाखाका सई हरिसिंह धामीले बताए । पीडित बालिकालाई वैशाख २२ गते राती १२ बजे काठमाडौँ मनपा-१३ बाफलस्थित रहेको सत्यसाई पेट्रोल पम्प अगाडि बा. २ ख. ९०६ नम्बरको भाडाको गाडी भित्रै आरोपितहरूले बलात्कार प्रयास गरेका थिए । नजिकैका अर्का ट्याक्सी चालकले घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले आरोपितहरूलाई सोही दिन गिरफ्तार गरेको थियो । चितवन जिल्ला घर भएकी पीडित बालिका तीन महिनादेखि काठमाडौस्थित काका काकीको कोठामा बस्तै थिइन् । काकाले कुटपिट गरेपछि आफूले कोठा छोडि घर हिंडेको पीडितले प्रहरीलाई बयान दिएकी छन् । चितवन घर फर्कन भनेर कलंकीस्थित रहेको मकालु पेट्रोल पम्प अगाडि गाडी कुरेर बसिरहेको अवस्थामा आरोपितहरूले भोलि चितवन पठाईदिने र आज गाडी नजाने भन्दै बाफलस्थित पेट्रोल पम्प पुर्‍याएका थिए । आरोपितहरू मध्ये नविन गाडी ड्राइभर र अर्का खलासी हुन् । पीडितको वैशाख २३ गते वीर अस्पतालमा स्वास्थ्य परीक्षण भयो । पीडितको कुनै आफन्त नआएका कारण हाल उनलाई सीविन नेपालको संरक्षणमा पठाइएको सई धामीले जानकारी दिए । विवेक ढुङ्गाना

0 Comments

Related Reports
Related Trend Analysis