Incident Reports

घरभाडा नदिएको भन्दै नेपाल प्रहरीका सईले डेरावालामाथि गरे हातपात

2020-09-11

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं, २६ भदौ । प्रहरीका सई प्रकाश कार्कीले नै महामारीको बेलामा डेरामा बस्ने डेरावालामाथि समयमा भाडा नदिएको भन्दै हातपात गरेका छन् । बौद्ध क्षेत्रमा भाडामा लगाउनका लागि छुट्टै घर बनाएका सइले कोरोना माहामारीको समयमा भाडा तिर्न नसकेको भन्दै कुटपिट गरेका छन् । जनतालाई शान्ति सुरक्षा दिने पदमा बसेका मानिसले नै पदीय दायित्वलाई नै भुलेर आफ्नै घरमा डेरा गरेर बस्ने सामान्य नागरिक माथि दूव्र्यवहार गरेका छन् । सई कार्की र उनका बुबा समेतले बौद्धमा रहेको घरमा डेरा गरेर बस्ने सिन्धुपाञ्चोक घर भएर काठमाडौँमा मजदुरी गर्दै आएका विक्रम तामाङलाई कुटपिट गरेका हुन । काठमाडौँमा गाडी चलाउदै आएका विक्रमको कोरोना महामारी फैलन सक्ने भन्दै सरकारले गरेको लकडाउनका कारण आफ्नो रोजीरोटी गुमाए । जसले गर्दा उनी आर्थिक रुपमा कमजोर बने, समयमा भाडा दिन सकेनन् ।

सोही भाडा तिर्न नसकेकाके भन्दै कार्कीका बाबु छोरा नै आएर तामाङलाई लछारपछार पारे । उनीहरुको कुटपिटको कारण तामाङको छाती र जिब्रोमा चोट समेत लाग्यो । त्यतिमात्र नभइ उनीहरुले विक्रमको कोठामा रहेको मोबाइल र उफर समेत लुटे । नेपाल प्रहरी रहेको आँडमा प्रकाश कार्कीले डेरावाला माथि चरम दूव्र्यवहार गरेका छन् ।

६ महिनादेखि रोजीरोटी गुमेका विक्रमले भएपछि भाडा दिन्छु भनेका छन् । तर अप्ठारोमा परेका विक्रमलाई प्रहरी घरबेटीले नै झन् अप्ठारोमा पारेका छन् । खाना खाने समेत पैसा नभएर दिदीको घरमा गएर खाना खादै उनको पीडामा नेपाल प्रहरीको गर्विलो पदमा बसेका घरबेटी कार्कीले सहयोग गर्नुको साटो समस्या नै निम्त्याइदिए ।

डेरामा बसेका आफ्ना डेरावालमाथि कुटपिट गर्ने कार्की अहिले भाडा उठाइदिन भन्दै प्रहरीकोमा उजुरी दिन पुगेका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments

Related Reports