Incident Reports

काठमाडौँमा घरधनीले गरे कोठा भाडामा बस्नेको हत्या

2020-09-11

Bagmati, Kathmandu, Kirtipur, Ward 7

काठमाडौँ । काठमाडौँमा घरको सुरक्षाका लागि प्रयोग गरिने आग्लोले हिर्काएर एक जनाको हत्या भएको छ । बारा कलैया उपमहानगरपालिका–५ घर भई हाल काठमाडौं भाजङगल बस्ने ४८ वर्षीय शम्भु चौधरीको हत्या भएको हो ।

काठमाडौँस्थित कीर्तिपुर नगरपालिका–७ भाजङगलका ६६ वर्षीय कृष्ण महर्जनले सामान्य विवादमा चौधरीलाई आग्लोले हिर्काएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

आग्लोले लागेर गम्भीर घाइते चौधरीको उपचारको क्रममा कीर्तिपुर मोडल अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । 

हत्या आरोपमा महर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महर्जनमाथि थप अनुसन्धान भइरहेको एसपी राठौरले बताए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports