Incident Reports

Action against Government Staff Demanded

2014-06-06

Province 1, Dhankuta, Dhankuta

Dhankuta,sanchaarkarmilaai dhamki dine sarkaari karmchaarilaai aryavaahiko maag. Dhankuta/June 7 The media organizations have issued two statements on June 6 demanding action against Madhav Ghimire, 28, an employee at Ministry of Finance, hailing from Itahari Municipality-8 Sunsari. Ghimire had threatened reporter of Udghosh daily and Sagarmatha Television, Rabin Kattel warning him against a news story on his road accident occurred in inebriated state. Also the Press Cahuatari Napal treasurer, Kattel was told by Ghimire that he would face consequences if his printed the news. Separate statements of FNJ and Press Chautari Nepal Chairperson Santosh Ruchal condemned the incident and action against the accused. The accident of motorcycle with plate number Sa 4 Pa 4666 occurred at Sukepokhari, Dhankuta Municipality-2 as he was coming from Hile with another man, Laxman Khanal of Triyuga Municipality-2, Udaypur. Santosh Ruchal धनकुटा । ०७१ जेठ २४ गते समाचार सङ्कलन गर्न गएका पत्रकारलाई धम्क्याउने सुनसरी जिल्ला इटहरी नपा-८ स्थायी घर भई हाल अर्थ मन्त्रालयको नायव सुब्बा रहेको बताउने २८ वर्षीय माधव घिमिरेलाई सञ्चार संम्बद्ध संस्थाहरुले जेठ २४ गते विज्ञप्ति प्रकाशन गरी कारबाहीको माग गरेका छन् । मादक पदार्थ सेवन गरेका सरकारी कर्मचारीको सवारी दुर्घटना भएको जानकारी पाएपछि समाचार सङ्कलन गर्न जिल्ला प्रहरी कार्यालय पुगेका उद्घोष दैनिक तथा सगरमाथा टेलिभिजनका सम्वाददाता २१ वर्षीय रविन कट्टेललाई प्रहरीको अगाडि नै दुर्घटनाको समाचार नलेख्न घिमिरेले धम्की दिएका थिए । प्रेस चौतारी नेपालका कोषाध्यक्ष समेत रहेका कट्टेललाई राज्यको सिङ्गो शान्ति सुरक्षाको जिम्मेवारी लिएको नेपाल प्रहरीको अगाडि नै समाचार लेखेमा नराम्रो हुने जस्ता धम्की नेपाल सरकारका जिम्मेवार राष्ट्रसेवकबाट दिईनुले स्वतन्त्र प्रेसमाथिको ठाडो हस्तक्षेप भएको नेपाल पत्रकार महासङ्घ र प्रेस चौतारी नेपालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपाल पत्रकार महासंघका अध्यक्ष खगेन्द्रप्रसाद घिमिरे र प्रेस चौतारी नेपालका अध्यक्ष सन्तोष रुचालद्वारा छुट्टा-छुट्टै विज्ञप्ति प्रकाशन गरी सञ्चारकर्मी कट्टेललाई मादक पदार्थ सेवन गरेका सरकारी कर्मचारीबाट भएको धम्कीको भर्त्सना गर्दै दोषीको तत्काल पहिचान गरी कारबाहीको माग गरिएको छ । धनकुटा नपा-२ सुकेपोखरी नजिक जेठ २३ गते दिउँसो करिव ४ बजे हिलेबाट धनकुटा तर्फआउँदै गरेको स.४ प. ४६६६ नम्बरको मोटरसाईकल दुर्घटना भएको थियो । दुर्घटनामा परी घिमिरे सहित उदयपुर जिल्ला त्रियुगा नपा-२ का लक्ष्मण खनाल घाइते भएका थिए । सन्तोष रुचाल

0 Comments