Incident Reports

Woman Assaulted on Charge of Being Witch

2014-06-15

Madhes, Parsa, Dhobini

ORg SMS Alert:Parsa,Boksiko aaropma chimekiharudwara kutpit. Parsa/June 16 Sita Devi Teli, 35, of Bagmadhi in Mirjapur VDC-9 has been seriously injured in an assault by her neighbors on charge of being a witch on June 15 night. The accused have been identified as Radha Sah, Manu Sah, Anilal Sah and Chhabilal Sah. She was assaulted after 12-year-old son of Radha Sah had abdomen pain which did not go off even after one month leading the villagers to blame Sita Devi. She has sustained bruises all over her body and serious head injury. She has been taken to Narayani Sub-Zonal Hospital after preliminary treatment at Pokhariya Hospital. Sita Devi’s husband and son are in India for work and she is currently living with her younger son. Accused Radha Sah and his mother Laxmi Devi have been arrested by the police while others are absconding, Area Police Office Pokhariya’s Inspector Nabin Karki informed. The arrested women were being interrogated in custody. KC Lamichhane पर्सा । ०७१ असार २ गते एक महिलालाई मिर्जापुर गाविसमा बोक्सीको आरोपमा स्थानीयवासीको एक समूहले असार १ गते राती मराणासन्न हुने गरी कुटपिट गरी घाइते बनाएका छन् । मिर्जापुर गाविस-९ बागमढी टोलकी ३५ वर्षीया सीतादेवी तेलीलाई गाउँकै राधा साह, मनु साह, अनिलाल साह र छविलाल साहले बोक्सीको आरोपमा निर्घात कुटपिट गरी घाइते बनाएका हुन् । राधा साहको १२ वर्षीय छोरा हिरालाल साहको एक महिना अघिदेखि पेट दुःखेको र निको नभएपछि सीतादेवीले नै बोक्सी लगाएको भन्दै उनीहरूले रातीको समयमा सीतादेवीलाई कुटपिट गरेका हुन् । घाइते सीतादेवीको पोखरिया अस्पतालमा उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याइएको छ । कुटपिटबाट पीडित सीतादेवीको शरीर भरि निलडाम र टाउकोमा गम्भीर चोट लागेको छ । उनको टाउँकोमा तीन ओटा टाँका लागेको छ । घाइते सीतादेवीको पति र एक छोरा रोजगारीका लागि भारतमा गएका छन् भने सीतादेवी अहिले कान्छो छोरासँग घरमै बस्दै आएकी छन् । घटनामा सङ्लग्न रहेको आरोपमा राधा साह र उनकी आमा लक्ष्मी देवीलाई प्रहरीले गिरफ्तार गरेको छ । अन्य घटनामा सङ्लग्न भनिएका तीन जनाको खोजि कार्य भइरहेको ईलाका प्रहरी कार्यालय पोखरीयाका इन्स्पेक्टर नवीन कार्कीले बताए । गिरफ्तार दुवै जनालाई ईलाका प्रहरी कर्यालय पोखरिया हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको इन्स्पेक्टर कार्कीले जानकारी दिए । के.सी. लामिछाने

0 Comments

Related Reports
Related Trend Analysis