Incident Reports

Two Remanded in Custody on Charge of Murder

2014-06-24

Gandaki, Syangja, Putalibazar

Syangja,Mahila hatyako aropma sasura sahit 2 jana purvapakshko laagi thunama. Syangja/ June 25 The district court of Syangja has remanded Ganesh Gurung, 50, and two other in custody on June 24 on charge of murdering Kalpana Kuwar Gurung, 21, of Putalibazar Municipality-1. The accused Ganesh Gurung is a father-in-law of the victim. A single bench of district court judge Chinta Mani Baral ordered to remand two accused in custody and other two to be released on bail, said Inspector Sanotsh Tamang of district police office. The court ordered to remand Ganesh Gurung and neighbor Suk Maya Gurung, 40, in custody and the deceased’s mother-in-law Bal Kumari Gurung, 47, and son-in-law Pradeep Gurung, 25 were releases on bail amount of Rs 10,000 each. Deceased Kalpana Kuwar was found hanging at the house of neighbor Suk Maya Gurung on June 17. The victim’s family had lodged an FIR at district police office on June 23 accusing them of murdering her. The accused were arrested on the same day for the further investigation, according to the police. The deceased had an inter caste marriage with Amit Gurung, 24, eighteen months ago. Amit is working abroad. Sangeeta Bhat स्याङ्जा । ०७१ असार ११ गते पुतलीबजार नपा-१ की २१ वर्षीया कल्पना कुँवर गुरुङको हत्या गरेको आरोपमा मृतकका ससुरासहित दुई जनालाई जिल्ला अदालतको आदेशमा असार १० गते पुर्पक्षको लागि थुनामा पठाइएको छ । जिल्ला अदालतका न्यायाधीश चिन्तामणि बरालको एकल इजालासले आरोपित दुई जनालाई पुर्पक्ष लागि थुनामा पठाउन र अन्य दुई जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सन्तोष तामाङले बताए । अदालतको आदेशमा हत्याका आरोपित मृतकका ससुरा ५० वर्षीय गणेश गुरुङ र छिमेकी ४० वर्षीया सुकमाया गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाएको हो भने मृतककी सासू ४७ वर्षीया बालकुमारी गुरुङ र मृतकको ज्वाइँ २५ वर्षीय प्रदिप गुरुङलाई जनही रू. १५/१५ हजार धरौटीमा रिहा भएका छन् । मृतक कल्पना कुँवर गुरुङ ०७१ जेठ ३ गते छिमेकी सुकमाया गुरुङको घरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । मृतकको माइती पक्षले अन्तरजातीय विवाह गरेकी मृतकको पति वैदेशिक रोजगारीमा गएपछि घरपरिवारले राम्रो व्यवहार नगरेको र खान, लाउन नदिइ हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जेठ ९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । माइती पक्षको जाहेरीपछि प्रहरीले आरोपितहरूलाई सोही दिन गिरफ्तार गरी कर्तव्यज्यान मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो । मृतकले सोही ठाउँका २४ वर्षीय अमित गुरुङसँग १८ महिना अगाडि अन्तरजातीय विवाह गरेका थिए । संगीता भाट

0 Comments

Related Reports
Related Trend Analysis