Incident Reports

District Court Orders Departmental Action against Policemen

2014-06-29

Rupandehi,hirasatma yatana dine praharilaai vibhagiya karyavahiko adesh. Rupandehi/June 29 The District Court of Rupandehi has ordered Nepal Police to take departmental action against the policemen, convicting them of torturing detainee in custody. The court, delivering its verdict on June 22, also instructed the police to pay compensation to the tortured person. The then Police Inspector Dambar Singh Magar and Head Constable Genalal Kurmi of Suryapura Area Police Office were accused of torturing three youths of Dhamuali after detaining them on charge of thievery. District Judge Kabiraj Neupane also directed the police to pay compensation of Rs 3,000 each to Phulchandra Pasi, Ramesh Yadav and Dinesh Teli. The youths had filed separate complaints against Inspector Magar and Head Constable Kurmi at District Court on April 9 seeking compensation claiming that they were beaten in custody by Kurmi on the order of Thapa. Amrit Giri रुपन्देही । ०७१ असार १५ गते यातनालाई अपाराधका रुपमा घोषणा गर्दै यातना दिनेलाई कानुनी कारबाहीको माग उठिरहेका बेला रुपन्देही जिल्ला अदालतले प्रहरी हिरासतमा यातना दिएको भन्दै प्रहरी अधिकारीलाई विभागिय कारबाहीको फैसला सुनाएको छ । जिल्ला अदालतको असार ८ गतेको आदेशमा पीडितलाई क्षेतीपूर्ती र पीडकलाई विभागिय कारबाहीको फैसला सुनाएको हो । इलाका प्रहरी कार्यालय सूर्यपुराका तत्कालिन प्रहरी निरीक्षक डम्बरसिंह थापा मगरर हवल्दार गेनालाल कुर्मीले चोरी आरोपमा गिरफ्तार धमौलीका तीन जना युवालई हिरासतमा यातना दिएको भन्दै परेको मुद्दामा अदालतले उक्त फैसला सुनाएको हो । इजलास नं. ३ का माननीय न्यायाधीश कविराज न्यौपानेको एकल इजलासले पीडितहरु फुलचन्द्र पासी, रमेश यादव र दिनेश तेलीलाई जनही ३ हजार रुपैयाँ क्षतिपूर्ति भराई प्रहरी कर्मचारीहरुलाई विभागीय कारबाहीको फैसला सुनाएको छ । इलाका प्रहरी कार्यालय सुर्यपुरमा कार्यरत तत्कालिन प्रहरी निरीक्षक थापा मगर र तत्कालिन प्रहरी हवल्दार कुर्मीले आफूहरुलाई हिरासत भित्र यातना दिएको भन्दै यातना दिने प्रहरी अधिकारमाथि यातना क्षतिपुर्ति ऐन २०५३ लाई टेकी यातना क्षतिपुर्ति र बिभागीय कारबाहीको माग दाबी गर्दै पीडितहरुले ०६९ चैत २६ गते जिल्ला अदालतमा छुट्टाछुट्टै मुद्दा दर्ता गराएका थिए । इलाका प्रहरी कार्यालयका तत्कालिन प्रहरी निरीक्षक डम्मर सिंह थापा मगरको आदेशमा तत्कालीन प्रहरी हवल्दार गेनालाल कुर्मीले प्लासटिकको कालो पाइप, हात, मुक्का, लात र बांसको लठ्ठी प्रयोग गरी यातना दिएको पीडितले अदालतमा दिएको निवेदनमा उल्लेख छ । पीडितहरुको निवेदन लगत्तै जिल्ला अदालतले सरकारी अस्पतालमा घाउ जाँच गराउन आदेश दिएको थियो । जाँच गराउँदा कुटपिट भएको ठहर भएको वकालत मञ्चका संयोजक तथा पीडितका तर्फबाट कानुनी बहस गरेका अधिबक्ता शिव गौडेलले बताए । इजलासमा वादीका तर्फबाट तराई मानव अधिकार रक्षक सञ्जालका मानव अधिकार वकिल अधिवक्ता मनोजकुमार चौधरी , एड्भोकेसी फोरममा जिल्ला संयोजक अधिबक्ता शिवप्रसाद गौडेल र अधिवक्ता युवक रेग्मी बहस गरेका थिए भने प्रतीवादीको तर्फ अधिवक्ता नरसिंह चौधरी र अधिवक्ता धर्मबहादुर खडकाले बहस गरेका थिए । यस्तै जिल्ला अदालतकै ०७१ असार १ गतेको इजलासले सिलौटिया गाविस-९ का ५७ वर्षीय रामभजन अहिरलाई सिलौटिया प्रहरी चौकीमा यातना दिएको ठकर गर्दै सो कार्यालयमा कार्यरत तत्कालिन प्रहरी अधिकारीहरुविरुद्ध पनि विभागिय कारबाहीको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश खडकबहादुर के.सी.को एकल इजलासले प्रहरीले यातना दिएको ठहर गर्दै यातना क्षतिपुर्ति वापत पीडित अहिरलाई २० हजार रुपैया क्षतिपुर्ती भराई प्रहरीलाई बिभागीय कारवाहीको फैसाला सुनाएको अभिबक्ता गौडेलले बताए । अमृत गिरी

0 Comments

Related Reports
Related Trend Analysis