Incident Reports

Accused Rapist Arrested

2014-07-03

Madhes, Parsa, Birgunj

Parsa, balatkaar aaropit giraftaar. Parsa/ July 2 Santosh Shah Sudi, 34, of Chapkaiya in Birgunj sub-metropolis-2 has been arrested by the police on July 2 on charge of raping a 15-year-old girl. He was accused of raping the girl on various occasions after taking her to his rented room at Chapkaiya. Based on the complaint lodged by the victim’s family, the accused was arrested by the police, said SP Dhiraj Pratap Singh. The victim’s father had lodged a complaint at police on July 1. On the same day, the victim underwent a health checkup at Narayani sub regional hospital. The legal proceeding against the accused has been initiated according to the police. KC Lamichhane पर्सा । ०७१ असार १८ गते एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई असार १८ गते प्रहरीले गिरफ्तार गरेको छ । अपराध नियन्त्रण तथा अनुसन्धानका लागि खटिएको प्रहरी टोलीले धनुषा जिल्ला मिथिलेश्वर गाविस-७ घर भई हाल वीरगञ्ज उमनपा-२ छपकैया बस्ने ३४ वर्षीय सन्तोष साह सुडीलाई जबर्जस्ती करणीको आरोपमा गिरफ्तार गरेको प्रहरीले जनाएको हो । आरोपित साहले वीरगञ्जकै एक १५ वर्षीया बालिकालाई छपकैयास्थित आफ्नो डेरामा लगेर असार ३ गतेदेखि १७ गतेसम्म पटक/पटक जबर्जस्ती करणी गरेको भन्ने पीडितका अभिभावकको उजुरीको आधारमा उनलाई गिरफ्तार गरिएको एसपी धिरज प्रताप सिंहले जानकारी दिए । पीडित किशोरीको अभिभावकले प्रहरीमा असार १७ गते उजुरी गरेका थिए । पीडितको स्वास्थ्य परीक्षण सोही दिन नारायणी उपक्षेत्रीय अस्पतामा भएको छ । गिरफ्तार साह सुडीलाई जिल्ला प्रहरी कार्यालयमा राखेर जबर्जस्ती करणी मुद्दामा अनुसन्धान कारबाही प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ । के.सी. लामिछाने

0 Comments

Related Reports
Related Trend Analysis