Incident Reports

Woman expelled from home registers domestic violence case

2014-07-22

Madhes, Saptari, Hanumannagar Kankalini

Saptari, Dudhe balak khosi ghar nikala garne biruddha gharelu hinsa muddha darta. Abidha Khatun, 24, of Dadha VDC-4 filed a case against husband Inus Miya, 27, and in-laws family at the District Court on July 22. The victim said that she was given physical and mental torture regarding the dowry. The victim has been expelled from home and now currently is being sheltered at maternal home. The accused has forcefully taken her two sons 2.5 yrs Belal and 16 months Altam. डाँढा गाविस-५ बलिया बथनाहाकी २४ वर्षीया आविदा खातुनले पति २७ वर्षीय इनुस मियाँसहित घरपरिवारका सदस्यहरूले दाइजो मागी शारीरिक, मानसिक, आर्थिक यातना दिएको भन्दै जिल्ला अदालतमा साउन ६ गते घरेलु हिंसा मुद्दा दर्ता गरेकी छन् । पीडितले पतिसहित ससुरा ४८ वर्षीय कुदुस मियाँ, सासु ४० वर्षीया रोजीदन खातुन र सासुकी आमा ६५ वर्षीया मजिदन खातुनलाई घरेलु हिंसा (कसुर र सजाय) ऐन २०६६ अर्न्तर्गत कारबाही गर्न माग गर्दै मुद्दा दर्ता गरेको अदालतले जनाएको छ । आरोपित कुदुस रुपन्देहीको बुटवलस्थित जिल्ला सरकारी वकिल कार्यालयमा सुब्बा पदमा कार्यरत छन् । नागरिकता बनाई दिन भन्दा आरोपितहरूले ३ लाख रुपियाँ दाइजो मागेको र नाबालक छोराहरू खोसी साउन २ गतेदेखि घरनिकाला गरेको पीडितले बताइन् । घरनिकाला पछि पीडित राजविराज नपा-३ स्थित माइतको शरणमा बसेकी छन् । पीडितले छोराहरू अर्ढाई वर्षीय बेलाल र १ वर्ष ४ महिनाको अलतमससहित घरमा बस्ने, खाने-लाउने, औषधी उपचारसमेतका लागि मासिक रु. १० हजार दिलाई दिन उजुरीमा माग गरेकी छन् । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis