Incident Reports

Clean Chit to Abduction Accused

2014-08-21

Madhes, Saptari, Dakneshwori

Saptari, Sishak apaharan ka aropit lai safai. District Court, Saptari has acquitted 11 people accused of being involved in the abduction of a teacher, Surya Narayan Sah of Kachan VDC-5. District judge Ram Prasad Adhikari has adjourned the case against absconding Hridaya Narayan Chaudhary of Pokhariya in Haripur VDC-3 and Simrit Chaudhary of Kushaha VDC-9, registrar Nabaraj Dulal said. The accused, Mukesh Kumar Bishwakarma and Jagdev Sahani of Kalyanpur VDC-3, Raj Kumar Bishwakarma of Mainasahashrabahu VDC-4, Raj Kumar Yadav and Surendra Kumar Sah of Madhupatti VDC-6, Ramlakhan Yadav, Ram Adhin Yadav, Gorakhnath Chaudhary, Dipendra Chaudhary, Dinesh Yadav, Rambabu Sharma alias Lallu Yadav of Siraha were the acquitted by the court. Sah was abducted at the jungle of Laxmipur in Daulatpur VDC-1 as he was heading for his work station, Panchakanya Secondary School in Triyuga Municipality-11, Udaypur on October 7, 2010. He managed to flee from their captivity and filed an FIR against them at Kalyanpur Area Police Office on October 13, 2014. Police presented Mukhesh, Jagdev, Raju, Raj Kumar, Surendra and Gorakhanath at the court on November 10, 2010. The court released Jagdev and Raju saying they were minors while released Raj Kumar and Gorakhnath in want of evidence, all three on general date. Mukesh and Surendra were released on general date instructed by Appellate Court, Rajbiraj after their relatives moved upper court to quash District Court order. Of the people presented at the court, Ramadhin was released on general date whjile Chande was released on the bail of Rs 25,000. Complaining that the acquittal of the people accused in his abduction was denial of the justice to him adding he would move the highest court demanding justice. Manohar Kumar Pokhrel काचन गाविस-५ का शिक्षक सूर्यनारायण साहको अपहरणका ११ आरोपितहरूलाई जिल्ला अदालत सप्तरीले भदौ ५ गते सफाइ दिने फैसला गरेको छ । जिल्ला न्यायधीश रामप्रसाद अधिकारीको इजलासले ११ आरोपितलाई सफाइ दिने तथा फरार रहेका हरिपुर गाविस-३ पोखरीयाका हृदयनारायण चौधरी र कुशहा गाविस-९ का सिम्रित चौधरीको मुद्दा मुल्तवी राखेको स्रेस्तेदार नवराज दुलालले बताए । आरोपितहरू सप्तरीको कल्याणपुर गाविस-३ का मुकेशकुमार विश्वकर्मा, जगदेव सहनी, मैनासहस्रबाहु गाविस-४ का राजुकुमार विश्वकर्मा, मधुपट्टी गाविस-६ का राजकुमार यादव र सुरेन्द्र कुमार साह, सिरहाको नहरारिगौल गाविस-३ का चन्दे भनिने रामलखन यादब, खरुकियाही गाविस-३ का रामअधिन यादव, लहान नपा-३ का गोरखनाथ चौधरी, दिपेन्द्र चौधरी, दिनेश यादव, लल्लु भनिने रामबाबु शर्माले सफाइ पाएको अदालतले जनाएको छ । घरबाट उदयपुरको त्रियुगा नपा-११ स्थित पञ्चकन्या मावि पातलेबास जाने क्रममा पीडित दौलतपुर गाविस-१ स्थित लक्ष्मीपुर जङ्गलबाट २०६७ असोज २१ गते विहान अपहरणमा परेका थिए । तीन दिनपछि अपहरणकारीको कब्जाबाट उम्कन सफल पीडितले ०६७ असोज २७ गते इलाका प्रहरी कार्यालय कल्याणपुरमा १२ जना विरुद्ध किटानी उजुरी दिएका थिए । प्रहरीले मुकेश, जगदेव, राजु, राजकुमार, सुरेन्द्र र गोरखनाथलाई गिरफ्तार गरी ०६७ मंसिर ८ गते अदालतमा पेश गरेको थियो । गिरफ्तार जगदेव र राजुलाई नाबालक भनेर तथा राजकुमार र गोरखनाथलाई प्रमाण नपुगेको भनेर जिल्ला अदालतले साधारण तारेखमा छाडेको थियो । मुकेश र सुरेन्द्रलाई भने पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएकोमा पुनरावेदन अदालतबाट साधारण तारेखमा छुटेका थिए । अदालतमा हाजिर भएका रामअधिन साधारण तारेखमा र चन्दे रु. २५ हजार धरौटी राखेर तारेखमा छुटेका थिए । प्रहरीबाट गिरफ्तार भएका दिपेन्द्र र रामबाबुलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएकोमा पुनरावेदन अदालतबाट साधारण तारेखमा रिहा भएका थिए । अपहरणका आरोपितहरूको उन्मुक्तिले आफु अन्यायमा परेको गुनासो गर्दै शिक्षक साहले न्यायको अन्तिम ढोकासम्म पुग्ने बताएका छन् । मनोहर कुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis