Incident Reports

घरनिकाला गरेको आरोपमा पति विरुद्ध अदालतमा मुद्दा

2014-11-15

Karnali, Dailekh, Mahabu

Yagya Raj Thapa दैलेख । ०७१ कात्तिक २९ गते कासीकाँध गाविस-९ की २४ वर्षीया मानकुमारी मेदासीले पति जीवन मेदासीले दोस्रो विवाह गरी आफूलाई घरनिकाला गरेको भन्दै २८ वर्षीय पतिविरुद्ध कात्तिक २६ गते जिल्ला अदालतमा मुद्दा दर्ता गराएकी छन् । आरोपित जीवनले दोस्रो विवाह गरी आफूलाई कुटपिट गरी घरनिकाला गरेको र हाल आफू र बच्चालाई खान, बस्न बेवास्ता गरी रेखदेख नगरे पछि समस्या परेर पतिविरुद्ध अंश सहित सम्बन्धविच्छेदका लागि मुद्दा दिनु परेको पीडित मानकुमारीले बताइन् । 'पीडितले मुद्दा दर्ता गरिएको छ र उनका पतिलाई ३० दिनभित्र अदालतमा हाजिर हुन आदेश गर्र्छौ' जिल्ला अदालतका निमित्त श्रेस्तेदार सुनिल खाँडले जानकारी दिए । यज्ञराज थापा

0 Comments

Related Reports
Related Trend Analysis