Incident Reports

घरेलु हिंसा पीडित महिलाद्वारा अदालतमा उजुरी

2014-11-16

Karnali, Jumla, Hima

बड्की गाविस- १ माइती घर भएकी ३३ वर्षीया जुनसरा शाहीले आफूलाई घरेलु हिंसा गरेको आरोपमा कालिकोट धौलागोह गाविस-२ का ३४ वर्षीय पति गणेश बमविरुद्ध जिल्ला अदालत जुम्लामा कात्तिक २८ गते उजुरी दर्ता गराएकी छन् । छोरा नपाएको भनी पतिले कुटपिट गरेको, दोस्रो विवाह गरेर छोरा जन्माउछु भन्दै धम्की दिएको र बस्न नदिएर घर निकाला गरेको पीडितले उजुरीमा उल्लेख गरेकी छन् । उनीहरुको ०६० मङ्सिरमा विवाह भएको थियो । पतिले ०६५ माघ १५ गते घरनिकाला गरेपछि हाल उनी छोरीसँग माइतीघरमा बस्छिन् । पीडितले दिएको उजुरी अनुसार कारवाही प्रक्रियामा अगाडि बढेको जिल्ला अदालत जुम्लाका श्रेस्तेदार पुष्पराज पाण्डेले बताए । मानदत्त रावल

0 Comments

Related Reports
Related Trend Analysis