Incident Reports

Three Arrested for Murder of 8yo Girl

2014-12-24

Madhes, Bara, Mahagadhimai, Ward 1

Bara, Balatkar pachi hatya ghatana ma sanglagra raheko arop ma 3 jana giraftar. (Updated] Police have made public three persons on December 24 after arresting them on charge of killing an 8-year-old girl after rape. Arbind Lal Das alias Gullu, 28, another 17-year-old boy of Piprabirta VDC-3 and staying in Madarsha, Kalaiya municipality-8 and Madan Kumar Mishra, 37, who helped the duo to cover up the incident were made public. SP Lokendra Bahadur Malla of the District Police Office said that further investigation was ongoing after extending the remand of the trio. Meanwhile, family of the accused, organizing a press meet, have claimed that police is trying to forcefully incriminate them in the case. The girl was killed after rape at the backyard of the medicine godown of the district hospital while she had gone to buy noodles for her younger brother in the evening of November 8, 2014. Lakshmi Sah Sonar आठ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई गिरफ्तार गरी पुस ९ गते सार्वजनिक गरेको छ । प्रहरीले प्रिपाविर्ता गाविस-३ घर भइ कलैया नपा -८ मदर्शा टोलमा डेरा गरी बस्ने २८ वर्षीय गुल्लु भन्ने अरबिन्दलाल दास, सोही ठाउँका १७ वर्षीय बालक र घटना ढाकछोप गर्न सहयोगीको भूमिकामा रहेका ३७ वर्षीय मदनकुमार मिश्रलाई गिरफ्तार गरेको हो । अदालतबाट म्याद गरेर तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर मल्लले जानकारी दिए । यसैबीच आरोपितका परिवारजनले पत्रकार सम्मेलन गरी प्रहरीले घटनामा जबरजस्ती फसाउन खोजेको आरोप लगाएका छन् । गत कात्तिक २२ गते साँझ भाइको लागि चाउचाउ किन्न घरबाट नजिकैको पसलमा जाँदै गरेकी ती बालिकालाई ललाईफकाई घर भन्दा केही पर जिल्ला अस्पतालको औषधी गोदामको पछाडि लगेर बलात्कार गरी हत्या गरिएको थियो । लक्ष्मीसाह सोनार Update..... The District Court of Bara has ordered to sentence 30-year-old Arvinda Lal das alias Gullu for 35 years after finding him guilty of murdering eight years old Kanchan Thakur of Kalaiya Municipality-8 after raping her. A single bench of District Court judge Surya Bahadur Thapa had given a verdict regarding the case on September 4. The court has also ordered to provide compensation of Rs 100,000 to the victim’s family from the accused. In a same incident, the court has also ordered to sentence Madan Kumar Misra,39 of Kalaiya Municipality-8 for two years and another 16 years old boy for six months on charge of their involvement in the incident. The victim was murdered after rape in 2014, November 8 and the accused were remanded in custody since 2015, January 24 in Birgunj Prison. कलैया नपा-८ की आठ वर्षीया कञ्चन ठाकुरलाई २२ महिना अघि बलात्कार गरी हत्या गरेको ठहरमा पिप्राविर्ता गाविस-३ घर भई कलैया नपा-८ मा बस्दै आएका ३० वर्षीय गुल्लु भन्ने अरबिन्दलाल दासलाई जिल्ला अदालत बाराले ३५ वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश सुर्यबहादुर थापाको इजलासले भदौ १९ गते दासलाई ३५ वर्षकैद सजाय र पीडकबाट पीडित परिवारलाई १ लाख रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो । बलात्कार गरेको अभियोगमा १५ वर्ष र हत्या गरेको अभियोगमा २० वर्षगरी ३५ वर्षको सजाय सुनाइएको अदालतका श्रेस्तेदार मोहन सुवेदीले बताए । सोही घटनामा संलग्न अभियोगमा कलैया नपा-८ का ३९ वर्षीय मदनकुमार मिश्रलाई दुई वर्ष र १६ वर्षीय एक बालकलाई ६ महिना कैद सजायको फैसला सुनाइएको श्रेस्तेदार सुवेदीले जानकारी दिए । ०७१ कात्तिक २२ गते भएको उक्त घटनाका आरोपितहरू जिल्ला अदालतको आदेशले ०७१ माघ १० गतेदेखि पूर्पक्षको लागि वीरगन्ज कारागारमा थिए ।

0 Comments