Incident Reports

NEA employee arrested red-handed while taking bribe

2015-08-01

The Commission for the Investigation of Abuse of Authority (CIAA) has arrested Binod Pandit, the supervisor at the Nepal Electricity Authority (NEA)’s Nepalgunj Distribution Centre red-handed while taking Rs 23,000 in bribe. A CIAA team nabbed Pandit from his office at about 2 pm today while he was taking the kickback. He had allegedly demanded Rs 23,000 in bribe for installing the three-phase electricity line at the Prime Life Insurance office based in Nepalgunj. Chief of the Insurance Office Kailash Devkota had informed the CIAA contact office at Kohalpur of this and the arrest was made based on this, the CIAA stated. Pandit had asked for the bribe with office chief Devkota since two months back for installing the electricity line at the office. At the beginning he had asked for Rs 30,000 but later scaled down to Rs 23,000. The audio record of Pandit asking for kickback from Devkota is also safe. RSS नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका सुपरभाइजर विनोद पण्डितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रु २३ हजार घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको छ। शनिबार दिउँसो करिब २ बजेको समयमा सुपरभाइजर पण्डितको कार्यकक्षमा अख्तियारको टोलीले उनलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो। नेपालगन्जस्थित प्राइमलाइफ इन्स्योरेन्स कार्यालयमा विद्युतको थ्री–फेज लाइन जडान गर्न अवैध रुपमा रु २३ हजार घुस माग गरेपछि इन्स्योरेन्सका कार्यालय प्रमुख कैलाश देवकोटाले बाँके जिल्लाको कोहलपुरस्थित अख्तियारको सम्पर्क कार्यालयमा सो विषयमा जानकारी गराएका थिए। कार्यालय प्रमुख देवकोटासँग दुई महिनाअघिदेखि नै लाइन जडानमा विद्युतका कार्यालय प्रमुखलाई समेत रकम दिनुपर्छ भनी पण्डितले घुस माग गरेका थिए। सुरुमा रु ३० हजार घुस रकम माग गरेका सुभरभाइजर पण्डित पछि रु २३ हजारमा काम गर्न तयार भएका थिए । पण्डितले इन्स्योरेन्सका प्रमुख देवकोटासँग घुस माग गरेको संवादको अडियो रेकर्ड पनि सुरक्षित रहेको जनाइएको छ। 'नियमानुसार सबै प्रक्रिया पूरा गरेर आवेदन उपर वितरण केन्द्रका प्रमुखको दस्तखत गर्न नमानेपछि सुपरभाइजर पण्डितले रकम दिएर नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुखलाई मनाउन सकिने भनी बोलेको कुरा हामीले रेकर्ड गरेका छौँ,' इन्स्योरेन्सका प्रमुख देवकोटाले भने । घुस काण्डमा संलग्नमाथि नियमानुसार कारबाही प्रक्रिया अघि बढाइएको बताउँदै आयोगका क्षेत्रीय सम्पर्क कार्यालयका प्रमुख वसन्त कुँवरले छानबिनपछि नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख पनि कारबाहीको दायरामा आउन सक्ने सम्भावना रहेको बताए। रासस

0 Comments