Incident Reports

INSEC Siriha: सिरहा जिल्लामा एक सरकारी कर्मचारीको अपहरण

2012-07-05

मिति : ०६९/३/१९ गते प्रेस बिज्ञप्ती सिरहा जिल्लामा पुनः अपहरण तथा अपराधिक गतिबिधिका कार्यहरु बृद्धि हुन थालेकोमा जिल्लामा मानवअधिकारको क्षेत्रमा क्रियाशील हामी अधिकारकर्मीहरु गंभीर हुँदै जिल्लामा अपराध नियन्त्रण गरि शान्ति सुरक्षा कायम गर्न र आम नागरिकलाई भयमुक्त बाताबरण सृजना गराउनका लागि जिल्लाका निकायहरुमा ध्यानाकर्षणको लागि सर्व प्रथम आग्रह गर्दछौं । बिगतमा लहान नपा ८ निवासी एशियन लाईन इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारी राधेश्याम यादवको अपहरण भएकोमा तीन साता बितिसक्दा समेत अझै अवस्था सार्वजनिक नभईरहेको बेला लहान क्षेत्रबाटै दुईदिन अघि पुनः एक सरकारी कर्मचारीको अपहरण भएको छ । सिरहाको नहरारिगोल गाविस निवासी जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय लहानमा नासु पदमा कार्यरत कर्मचारी बालगोबिन्द यादबको ०६९ असार १७ गते राती अपहरण भएको हो । पीडित परिवारहरुको भनाईमा सो दिन साँझ उनको मोवाईल फोनमा कुनै ब्यक्तिले फोन गरि बोलाएको कारण उनी आफ्नो नीजि मोटरसाईकल चढेर डेराबाट निस्किएका र त्यसपश्चात उनको अवस्था अज्ञात हुनुले पीडितसंग चिनजानकै ब्यक्तिको उपस्थितिमा अपहरण भएको हुन सक्ने दावी परिवारजनको रहेको छ । ब्रह्मानगोर्छारी गाविसतर्फ जाने एकान्त बाटोमा पीडित यादबको मोटरसाईकल र परिचयपत्र वेवारिसे अवस्थामा फेला पारिनु त्यसैगरि सो ठाउँका प्रत्यक्षदर्शीले मोटरसाईकल लडेको तथा केही ब्यक्तिहरुको समूहले पीडितलाई लछारपछार पारेको थाहा पाउनु जस्ता कारणबाट त्यहाँसम्म बोलाएर शकुशल लगिएको र सो ठाउँबाट उनको संगठित समूहद्वारा अपहरण भएको देखिन्छ । अपहरण भएको दुई दिन बित्न लाग्दा समेत एक सरकारी पदमा रहेका पीडित कर्मचारीको अवस्थाका बारेमा सार्वजनिक हुन नसक्नुले सुरक्षा निकायको कामको प्रभावकारीमाथि समेत प्रश्न उठ्नु स्वाभाविक भएको छ । तसर्थ पीडितको खोजी कार्यलाई तिव्रता दिई यथाशिघ्र शकुशल उद्धार गर्न सम्बन्धित निकायमा आग्रह गर्दछौं । त्यसैगरि, आफूलाई राजनीतिक शक्ति भनाउने वा मुक्तिको लागि आस्था र बिचार बोकेको शसस्त्र पार्टी भनिने कुनै पनि संगठित समूह भए तत्काल आफ्नो सांगठनिक पहिचान सार्वजनिक गरि पीडितको अवस्था सार्वजनिक गर्न र बिनाशर्त शकुशल मुक्त गरि अन्तराष्ट्रिय मानवीय कानून र मानवअधिकारको पूर्ण पालना गर्न प्रति प्रतिबद्ध रहन सम्बन्धित समूहलाई समेत सचेत गराउँदछौं । १ बिनोदकुमार बिसुन्के,संयोजक,मानवअधिकार संरक्षण केन्द्र (संजाल), सिरहा (दलित जनकल्याण युवा क्लव, लहान) २ देवराज पोखरेल,जिल्ला संयोजक,अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिरहा ३ सुनिलकुमार साह,अध्यक्ष,समग्र जन उत्थान केन्द्र, लहान ४ दुर्गाप्रसाद महतो,क्षेत्रीय संयोजक,समग्र बिकास सेवा केन्द्र क्षेत्रीय कार्यालय लहान ६ गंगाकुमारी अधिकारी,जिल्ला संयोजक,मानवअधिकार सञ्चार प्रतिष्ठान (इह्रिकन) नेपाल, सिरहा ७ नथुनी मंडल,कार्यक्रम अधिकृत,ओरेक नेपाल शाखा सिरहा ८ रामभरोसी महतो,सचिब,मानवअधिकार एलाईन्स शाखा सिरहा English Translation---- Again, Criminal and abduction activities are increasing in Siraha district. We active human rights activists in Siraha are concerned about the security situation in the district. to ensure peace and security we insist authorities concentrate towards this. Three weeks before, a staff member of Asian Line Insurance company was abducted and his situation is still not public. Now, Again, a government official was abducted. An employee of district drinking water and sanitation department office Lahan, Mr. Balgorina Yadav, was abducted on July 1st 2012 according to the victims family, that day some one called him by mobile phone, he left on his motorcycle, and he is still missing. We hold this group accountable for committing to international humanitarian law and full implementation of human rights. Through this press release, we ask that the identity of the groups who are engaged in this incident in the name of politics be revealed, and also request the police to identify the group and make the victim ensure the safety of the victim. Two days have passed and the police have still not been able to find the group responsible. This raises a questions about their work. 1- Binod Kuman Bisunke Coordinator HR protection Center (Alliance) Siraha (Dalit welfare Youth Club, Lahan 2. Devraj Pokharel District coordinator INSEC, Siraha 3. Sunil Kumar Sah President All People Upliftment Center, Lahan. 4. Dunga Prasad Mahto Regional Coordinator All Development Service Center. Regional Office, Lahan 5. Ganga Kumari Adhikari District Coordinator IHRICON, Siraha 6. Nathuni Mandal WOREC Siraha 7. Ram Bharosi Mahto Secretary, Human Rights Alliance, Siraha.

0 Comments

Related Reports
Related Trend Analysis