Incident Reports

Three motorcycles torched in Mahottari

2015-11-18

Cadres of the agitating United Democratic Madhesi Front (UDMF) on Tuesday torched three motorcycles with Indian number plate, saying the motorcycles were used for smuggling in petroleum products. The cadres brought the motorcycles under control from Gaindabhetpur yesterday night and set them on fire. Superintendent of Police at the District Police office, Mahottari, Janak Bhattarai, said although three motorcycles were found burnt far from the village, the number of the motorcycles as well as the identity of the owners have not been ascertained yet. Nobody has been arrested so far in this connection as the incident took place during the night, according to the District Police Office, Mahottari. Police suspect that the cadres might have torched the motorcycles for being used in smuggling petrol from Indian markets. महोत्तरीको गैंडाभेटपुरमा मंगलबार राति तीन वटा मोटरसाइकलमा आगजनी भएको छ । नेपाल–भारत सीमा क्षेत्र नजिक पर्ने गैंडा भेटपुरमा मधेसी मोर्चाका कार्यकर्ताले तीन वटा मोटरसाइकलमा आगजनी गरेका हुन् । गाउँबाट टाढा एकान्त ठाउँमा तीन वटा मोटरसाइकल जलेको अवस्थामा फेला परे पनि मोटरसाइकल धनी र मोटरसाइकल नम्बर भने नखुलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो । प्रहरी उपरीक्षक भट्टराईका अनुसार प्रत्यक्षदर्शीले मोटरसाइकलमा आगजनी भएको जानकारी दिएपछि प्रहरी राति नै घटनास्थलमा पुगेको थियो । तर रातिको समय भएकाले कसैलाई पक्राउ गर्न नसकिएको उहाँले बताउनुभयो । भारतबाट पेट्रोलियम पदार्थ लिएर आउँदै गर्दा मोटरसाइकलमा आगजनी भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । भारतीको नाकाबन्दी सुरु भएपछि गैंडाभेटपुर नजिकको सम्सी नाका हुँदै भारतीय बजारबाट मोटरसाइकल र साइकलमा पेट्रोलियम पदार्थ ल्याउने क्रम बढेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis