Incident Reports

तीन ठूला पार्टीको कार्यक्रम बिथोल्ने मोर्चाको निर्णय

2016-01-29

Madhes, Saptari, Rupani, Ward 18

मधेसी मोर्चा सप्तरी क्षेत्र नम्बर-१ को कञ्चनपुरमा आयोजित माघ १४ गतेको बैठकले नेपाली काङ्ग्रेस, एमाले र एमाओवादी पार्टीद्वारा सञ्चालन गर्ने कार्यक्रम बिथोल्ने निर्णय गरेको छ । मोर्चा क्षेत्र नम्बर-१ सप्तरीका संयोजक अनोजकुमार यादवको अध्यक्षतामा बसेको बैठकले ठूला तीन पार्टीलाई मधेसीवरोधी पार्टीको संज्ञा दिदै ती पार्टीले सञ्चालन गर्ने सबैखाले औपचारिक कार्यक्रम बिथोल्ने निर्णय गरेको हो । क्षेत्र नम्बर-१ अन्तर्गतका दुई नपाका र विभिन्न गाविसका प्रतिनिधि सहभागी बैठकबाट नेपाली काँग्रेस क्षेत्र नम्वर-१ को क्षेत्र, नगर र गाउँमा हुने अधिवेशन र एमालेनिकट युवा संघद्वारा रुपनगरमा माघ २२ गते आयोजना गर्न लागेको जनजागरण अभियानलाई बिथोल्ने निर्णय भएको मोर्चामा आबद्ध सङ्घीय समावादी फोरम नेपाल सप्तरीका सदस्य रामेश्वर यादवले बताए । यसैगरी मोर्चाले सम्बन्धित कार्यक्रम सञ्चालन नगर्न आयोजकहरूलाई आग्रह गर्ने तर आग्रहलाई बेवास्ता गरे कडा प्रतिकारमा उत्रने निर्णय गरेको मोर्चाका संयोजक यादवले बताए ।

0 Comments