Incident Reports

Pregnant Woman Beaten for Inter-caste Marriage

2012-10-30

सप्तरी । कात्तिक १३ गते

झुटकी गाविस-५ की १८ वर्षीया अर्पणा ठाकुर यादवलाई ०६९ कात्तिक १२ गते अन्य जातिको युवकसँग विवाह गरेको आरोपमा कोचाभखारी गाविस-३ स्थित माइत आएका बेला स्थानीय ३० वर्षीय शंकर मिश्रसहितका छिमेकीहरूले कुटपिट गरेका छन् ।

 

दिउँसो ५.३० बजेतिर कुटपिट हुँदा ६ महिनाकी गर्भवती अर्पणा ठाकुर यादव घाइते भएकी छिन् । उनको राजविराजस्थित अस्पतालमा उपचार भइरहेको छ ।

 

आफ्नै इच्छाले विवाह गरेर भागेपछि पुनः किन माइत गाउँ आएको भन्दै छिमेकीहरू शंकर मिश्र, मुकेश मिश्र, ज्योतिष मिश्र, चन्दन मिश्र, कृष्ण मिश्र, शरण ठाकुर, रंजित ठाकुर, किशोर मिश्र, इन्दु ठाकुरलगायतले कुटपिट गरेको पीडित अर्पणाले बताइन् । कुटपिटबाट पीडितकी बहिनी एक महिनाकी सुत्केरी १७ वर्षीया चाँदनी मिश्रा, आमा ४० वर्षीया शोमादेवी ठाकुर, भाई १४ वर्षीय अंकुश ठाकुरलाई समेत चोटपटक लागेको छ । 

 

झुटकी गाविस-५ का विरेन्द्र यादवसँग ०६७ फागुन २७ गते सिरहा जिल्ला अदालतमा कानुनी विवाह गरेपछि अर्पणा ठाकुर पतिसहित पहिलो पटक ०६९ कात्तिक १० गते कोचाभखारीस्थित माइत आएकी थिइन् ।

 

जन्म दिने आमाबुवाले छोरी-ज्वाईलाई स्विकारेपछि अन्य गाउँलेको टाउको दुख्नु नपर्ने भन्दै गर्भवती छोरीलाई कुटपिट समेत गरेकोमा पीडितकी आमा शोमादेबी ठाकुरले गुनासो गरिन् ।

मनोहरकुमार पोखरेलSaptari/October 29

 

Arpana Thakur Yadab, 18, of Jhutaki5 has been injured after neighbors thrashed her while she had come to her maternal home in Kochabhakhari3 on October 28.

 

Locals, including Shankar Mishra, Mukesh Mishra, Jyotish Mishra, Chandan Mishra, Krishna Mishra, Sharan Thakur, Ranjit Thakur, Kishor Mishra, Indu Thakur beat up 6-months pregnant Arpana at around 5.30 pm.

 

Expressing dissent over her return to the village after marrying a person of another caste according to her wish, the locals beat her up, according to the victim.

 

She is undergoing treatment at Rajbiraj. The victim's sister Chandani Mishra, 17, mother Shoma Devi Thakur, 40, brother Ankush Thakur, 14, were also injured in the incident.

 

Arpana had come to her maternal home in Kochabhakhari for the first time on October 26 after her marriage. She had a court marriage with Birendra Yadab of Jhutaki5 on March 11, 2011.

 

Mother of the victim Shoma Devi complained on the villager's dissent over the marriage when her own parents had already approved of it.

Manohar Kumar Pokharel

0 Comments

Related Reports
Related Trend Analysis