Incident Reports

Apology Offered for Practicing Untouchablity

2012-10-31

बाजुरा । कात्तिक १४ गते

मार्तडी गाविस-५ स्थित मन्दिरमा तल्लो जात भन्दै मन्दिरमा छुवाछूत गर्नेहरूले सामुहिक माफी मागे पछि दुवै पक्षबीच मिलापत्र भएको छ ।

 

दलित भएका कारण मन्दिरमा पूजा गर्ने गएका दलितमाथि छुवाछूत तथा कुटपिट गर्ने सोही ठाउँका धनसिंह रावल, मार्तडी-४ का रामबहादुर रावल, मन्दिरका पुजारी दलबहादुर रावल, सुनमति रावल, मार्तडी-६ धनमति थापा, तुला थापा, मार्तडी गाविस-४ करे थापा र गोरे थापाले सामुहिक रुपमा ०६९ कार्तिक ११ गते मागेपछि मिलापत्र भएको पीडित पक्षले जनाएको छ ।

 

मन्दिरमा पूजा गर्न गएका मार्तडी गाविस-८ का १६ वर्षीया सीता विक, १४ वर्षीय लक्ष्मी विक र बझाङ जिल्लाको पणेस गाविस-५ का २२ वर्षीय दीपक ओखेडालाई दलितले मन्दिरमा पूजा गर्न नपाईने भन्दै ०६९ कार्तिक ८ गते पीडक भनिएकाहरूले कुटपिट गरी घाइते बनाएका थिए ।

 

घाइतेहरूको ०६९ कार्तिक ८ गते देखी कार्तिक ११ गतेसम्म जिल्ला अस्पताल मार्तडीमा उपचार भएको पीडित पक्षका अभिभावक समेत रहेका अधिकारकर्मी बिनोद बिकले बताए ।

अर्जुन शाहBajura/October 30 An understanding has been reached after the side which barred some persons of dalit community from entering a temple in Martadi5 offered an apology.

According to the victims, Dhan Singh Rawal, Ram Bahadur Rawal, priest of the temple Dal Bahadur Rawal, Sunmati Rawal, Dhanmati Thapa, Tula Thapa, Kare Thapa and Gore Thapa apologized on October 27 for beating up and practicing untouchability upon some dalit persons who had come to worship in the temple.

The group had attacked Sita BK, 16, Laxmi BK, 14, of Martadi8 and Dipak Okheda, 22, of Panes5 in Bajhang saying that Dalits could not perform puja at the temple on October 24.

Rights Activist Binod BK said that the victims underwent treatment at the district hospital in Martadi for three days since October 24.

Arjun Shah

0 Comments

Related Reports
Related Trend Analysis