Incident Reports

NHRC Dissatisfied over PMO's Statement on Col Basnet

2012-11-02

ललितपुर । कार्तिक १६ गते

मानवअधिकार उल्लङ्घनको आरोप लागेका महासेनानी राजु बस्नेतको बढुवा गरिएको भएपनि कुनै जिम्मेवारी नदिई जगेडामा राखिएको भनी प्रधानमन्त्रीको कार्यालयले दिएको जवाफप्रति राष्ट्रिय मानवअधिकार आयोगले ०६९ कार्तिक १६ गते असन्तुष्टि जनाएको छ ।

 

गत साता राष्ट्रिय मानवअधिकार आयोगलाई प्रधानमन्त्रीको कार्यालयले पठाएको जवाफप्रति आयोगका प्रवक्तासमेत रहेका आयुक्त गौरि प्रधानले असन्तुष्टि जनाएका हुन् ।

 

उनले भने-'उनलाई के पदमा बढुवा गरियो भनी हामीले जवाफ मागेका हैनौ । उनलाई किन बढुवा गरिएको हो हामी जान्न चाहन्छौँ ।' प्रधानले राष्ट्रिय मानवअधिकार आयोगले एउटा प्रश्न गरेकोमा प्रधानमन्त्रीको कार्यालयले अर्कै उत्तर दिएको बताए । गम्भीर मानवअधिकार उल्लङ्घनको आरोप लागेका बस्नेतलाई दण्ड किन नदिएको भन्ने विषयमा राष्ट्रिय मानवअधिकार आयोगले सरकारसँग ०६९ असोज २० गते तीनदिन भित्र जवाफ दिन सरकारसँग माग गरेको थियो ।

 

आगामी दिनमा कसरी अगाडी बढ्ने भन्नेमा मानव अधिकार संस्थाहरूसँग छलफल गरी आयोग निर्णयमा पुग्ने प्रधानले जानकारी दिए ।

 

महासेनानी बस्नेतमाथि भैरबनाथ गणबाट ४९ जना माओवादी कार्यकर्ताहरूलाई वेपत्ता पारेको आरोप लागेको छ ।

०६० सालमा माओवादी कार्यकर्ताहरूलाई वेपत्ता पारेको अभियोग लागेका बस्नेतलाई कारवाही गर्न आयोगले ०६६ भदौ २८ गते नै सरकारलाई पत्राचार गरेको थियो ।

रमेशप्रसाद तिमल्सिना

 

Lalitpur/November 1

The National Human Rights Commission (NHRC), on November 1, has expressed its dissatisfaction over the statement provided by the Prime Minister's Office that despite the promotion, Col. Basnet had not been given any responsibility.

 

The PMO's office was responding to the letter sent by NHRC on October 6 asking why a person accused of grave human rights violation got promotion.

 

The NHRC commissioner and spokesperson, Gauri Pradhan said that the rights body was not interested in hearing to which post Col. Basnet was promoted but that why he was promoted.

 

He added that the Office had not answered the NHRC question. We would decide the future course after consulting with the human rights organizations, he said.

 

Basnet has been accused of involved in enforced disappearance of 49 people detained at Bhairavnath Battalion.

Ramesh Prasad Timalsina

0 Comments