Rally has been organized in Kathmandu on September 23 under 'Save Community Radio' campaign. The rally was organized in protest of demolition of Radio Dhading building.
सामुदायिक रेडियो बचाउ अभियान गर्दै काठमाडौँमा विरोध ¥याली निकालिएको छ । ¥यालीपछि प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले भने ‘सवैले बुझीराखौं, जव सत्ताले अधिनायकवादको रूप धारण गर्छ, सवैभन्दा पहिला मिडियामाथि नै आक्रमण गर्छ । अहिलेको सरकारले हामीलाई यही सन्देस दिएको छ । कुनै भ्रममा नपरौं । मिडियाबिरूद्द सरकारी आतंकको प्रतिवाद गरौं ।’
राती दुई ओटा डोजर र करिब ४ सयको संख्यामा प्रहरीहरु सहित पुगेका वन प्रमुख इमनाथ पौडेलले रेडियोको भवन भत्काएर रेडियोका उपकरणहरु सबै ध्यस्त पारेका छन् । रेडियोभित्र रहेका संचारकर्मीहरुलाई लछारपछार पार्दै रेडियो भित्र प्रवेश गरेका वन रक्षक र प्रहरीले रेडियोको स्टुडियो, मिक्स्चर, माइक, कम्प्युटर, सोलार प्यानल लगायत सबै उपकरण फुटाएका छन् ।
सामुदायिक बन भित्र भवन निर्माण गरी रेडियो संचालन गरेको भन्दै यस अघि पनि रेडियो माथी आक्रमण भएको थियो । त्यतिबेला स्थानीयहरुले भत्काउनबाट रोकेका थिए । रेडियोले भवन भत्काउनु पर्ने कुनै आधार नभएको दावी गर्दे आएको थियो भने बन कार्यालयले जसरी पनि भवन खाली गर्न चेतावनी दिँदै आएको थियो । आज राती झुक्याएर भवनमा आक्रमण गरिएको स्टेशन मेनेजर राजाराम शर्माले बताए ।
राती नै रेडियो भत्काउन पुगेका वन रक्षक र प्रहरीले रेडियो भित्र सुतेका पत्रकारहरुलाई रेडियो भत्काउन आएको विषयमा स्टेशन मेनेजरलाई जानकारी गराउन खोज्दा मोबाइल खोसेर टेलिफोन गर्न समेत रोकेको बताएका छन् ।
रेडियोमा आक्रमण हुन थालेपछि तत्कालै पुगेका नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली, सहसचिव मनिष दुवाडी, पत्रकार सीताराम अधिकारी, अर्जुन श्रेष्ठलाई रेडियोतर्फ जान रोकरेर हातपात गरेका छन् ।