Incident Reports

कैदीमाथि कुटपिट भएको परिवारजनको आरोप

2023-08-15

लागुऔषध मुद्दामा जिल्ला कारागार, कञ्चनपुरमा कैद सजाय भुक्तान गरिरहेका कैलाली जिल्ला गोदावरी नगरपालिका–५ गेटाका २४ वर्षीय सुवास भट्टमाथि जिल्ला कारागार, कञ्चनपुरका कैदीबन्दीहरूले कुटपिट तथा धम्की दिने गरेको पीडित परिवारको आरोप छ ।

कारागार भित्रै भट्टमाथि कुटपिट भएको भन्दै पीडित परिवारहरूले साउन २९ गते जिल्ला कारागार, कञ्चनपुर घेराउ गरेपछि विवाद उत्पन्न भएको थियो ।

कैदीबन्दीहरू मिलेर कुटपिट गर्ने र पासो देखाएर मारिदिन्छौँ भनेर धम्की दिने गरेकाले आफ्नो सुरक्षाका लागि पहल गरि दिन भनेर सुवासले फोन गरेपछि भेटघाटका लागि जिल्ला कारागार, कञ्चनपुरमा जाँदा कारागार प्रशासनले भेटघाट गर्न नदिएको पीडितका दाजु किरण भट्टको आरोप छ ।

‘कैदीबन्दीले कुटपिट गर्ने, खान, सत्न नदिने, पैशा माग्ने र मार्ने धम्की दिने गरेको भनेर भाईले फोन गर्‍यो । तीन / चार दिनमा मार्दैछन् । २० हजार रूपियाँ दिए म बाच्छु भनेर फोन गरेको थियो । त्यसपछि हामी भेट्न कारागार आयौँ । तर, भाइलाई भेटन् ्नै दिइएन् । असुरक्षित महसुस गरेर भाईलाई जेल स्थानान्तरण गर्न माग गरेका छौँ ।’ उहाँले भन्नु भयो– कैदी भाईका लागि सात महिनामा ५५ हजार रूपियाँ कारागारमा पठाएको र चौकीदार टेकराज जोशी र नाइके प्रकाश मल्लले सो रकम प्रयोग गर्ने गरेको उहाँको आरोप छ ।

कारागारका चौकीदार र नाइकेले कैदीबन्दीबाट रकम असुल्ने गरेको कैदीबन्दीका आफन्तहरूको आरोप छ । भीमदत्त नगरपालिका–१३ बडैपुरकी कमला धामीले जिल्ला कारागार, कञ्चनपुरमा कैद भुक्तान गरिरहेका छोराले प्रत्येक महिना २ / ३ हजार रूपियाँ माग्ने गरेको र भेटघाट गर्न जाँदा छोरालाई राम्रोसँग बोल्न नदिने गरेको दुखेसो पोख्नु भयो ।

जिल्ला कारागार, कञ्चनपुरका चौकीदार टेकराज जोशीले अहिलेसम्म कुनै पनि कैदीबन्दीबाट रकम असुल्ने कार्य नभएको बताउनु भयो । कारागारका नाइके प्रकाश मल्लले अन्यत्र जेलमा जानका लागि सुवासले झुट्टो आरोप लगाएको र आफूहरूले कुटपिट तथा रकम असुल्ने कार्य नगरेको बताउनु भयो ।

जिल्ला कारागारका जेलर माया बस्नेत थापाले कैदी सुवासलाई कसैले पनि कुटपिट नगरेको र कैदीबन्दीका आफन्तहरूलाई भेटघाट गर्न समेत दिएको बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
INSEC

0 Comments