Incident Reports

संखुवासभा कारागारमा २ कैदी मृत्यु प्रकरण : कुटपिटको आरोपमा ७ कैदी प्रहरी हिरासतमा

2023-08-16

जिल्ला कारागार संखुवासभामा झडपका क्रममा दुई कैदीको बुधबार बिहान मृत्यु भएपछि प्रहरीले अनुसन्धानका लागि ७ कैदीबन्दीलाई हिरासतमा राखेको छ । घटनाको अनुसन्धानका लागि सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

नियन्त्रणमा लिइएको कैदीबन्दीको नाम भने सार्वजनिक गरिएको छैन । जिल्ला कारागार संखुवासभामा कैदीबन्दीबीच कुटपीट हुँदा दुईजनाको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारका अनुसार १३६ कैदीबीच फेरि झडप भएको थियो ।

यो कारागार २५ जना क्षमताको हो । मृत्यु भएका आकाश बलामी चोरी मुद्दामा सजाय भोगिरहेका थिए । उनी ककनी ७, नुवाकोटका हुन् । अर्का मृतक विनोद तोलांगी जबरजस्ती करणीमा मुद्दा खेपिरहेका थिए । उनी संखुवासभा मादी नगरपालिका ५ का हुन् ।

कारागारको शौचालयको झ्याल काटेर भाग्न खोजेपछि उनीहरुलाई प्रहरी र कारागार प्रशासनले बिहान १ बजे नियन्त्रणमा लिएको थियो । नियन्त्रणलगत्तै उनीहरुलाई राखिएको कारागारमा भित्र कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवैजना बिहान ४ बजे अचेत अवस्थामा फेला परेका थिए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Torture
Weapons None
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people N
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 2
National/Online Media

0 Comments