Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-08-17

Lumbini, Kapilbastu, Mayadevi

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मायादेवी गाउँपालिका–७ गइरगट्टीका २२ वर्षीय मुक्तिनाथप्रसाद बरईलाई साउन २८ गते भैरहवाबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २५ गते बलात्कार गरेको भनी पीडित बालिकाले साउन २८ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा जबरजस्ती करणीसम्बन्धी कसुरमा उजुरी दिएकी छन् ।

पीडित बालिकाका अनुसार खाजा खान भनी भैरहवास्थित बाग्लुङ्ग होटल एण्ड गेष्ट हाउसमा लगेर आरोपितले बलात्कार गरेकाले न्यायका लागि प्रहरीमा उजुरी दिइएकोे हो । पीडितले दिएको उजुरीका आधारमा कारवाही अगाडि बढाएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी श्यामु अर्यालले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २६ गते भिम अस्पताल भैरहवामा गरिएकोे अस्पतालले जनायो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments