Incident Reports

झापाका सुन्दर किसानको हत्या उनकै दाजु रामजी र कुकरसिंहले गरेको पुष्टि

2023-08-18

Province 1, Jhapa, Mechinagar

झापा । झापा मेचीनगर– ८ का ४३ वर्षीय सुन्दर किसानको हत्या आफ्नै बडाको छोरा रामजी किसान र कुकरसिंह किसानले गरेको खुलेको छ । नातामा दाजु पर्ने ५६ वर्षीय रामजी र ४८ वर्षीय कुकरसिंहले सुन्दरको हत्या गरी घर नजिकैको पैनीमा झाडीले लास छोपेका थिए ।

गत बुधवार घर नजिक स्कुलमा फुटबल खेल हेर्न साँझ हिँडेका उनी घर नफर्किएपछि खोजी भएको थियो । उनको लाश बिहिवार बिहान स्थानीय पैनीमा झाडीले छोपेको अवस्थामा प्रहरीले फेला पारेपछि घटना रहस्यमय भएको भन्दै थप अनुसन्धान अगाडि बढाएको थियो ।

प्रहरीले उक्त हत्यामा दुई दिन अनुसन्धान गर्दा नाताले दाजु पर्ने रामजी किसान र कुकरसिंह किसानको संलग्नता रहेको तथ्य खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए ।

उनका अनुसार अनुसन्धानका क्रममा स्थानीय १५ जनालाई निगरानी गर्दै सोधपुछ गरिएको थियो । जसमा १३ जनालाई सामान्य सोधपुछ पछि घर पठाइयो थियो । तर, दुई जना भने शव फेला परेको समयमा भारत तर्फ फरार भएको र पछि नेपाल ल्याइ शंकाको घेरामा रहेका थिए । उनीहरू माथि थप अनुसन्धान अगाडि बढाइएकोमा अन्ततः उनीहरूले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

उनले हाल दुबै अभियुक्त प्रहरी हिरासतमा रहेको जनाउँदै उनिहरूलाई कर्तव्य ज्यान कसुरमा मुद्दा चलाएर कानुनी प्रक्रिया अगाडि बढाउने बता

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports