Incident Reports

अपहरण गरि कुटपिट गरेको आरोपमा ७ जना पक्राउ

2023-08-19

Lumbini, Dang, Ghorahi, Ward 13

दाङ। दाङमा अपहरण गरी कुटपिट गरेको अभियोगमा ७ जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका—१३ का एक पुरुषलाई अपहरण गरी कुटपिट गरेको अभियोगमा सोमबार ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा सूचना अधिकृत राजनकुमार गौतमले जानकारी दिए ।

पक्राउ पर्नेहरूमा जिल्लाको घोराही उपमहानगरपालिका—१९ का २४ वर्षीय हीरा सुनार, २३ वर्षीय जीवन सुनार, ३४ वर्षीय खिमबहादुर घर्ती, २० वर्षीय मनोज घर्तीमगर, ३२ वर्षीय दीपक सुनार र घोराही १३ का २ युवकसहित ७ जना रहेका छन् ।

उनीहरूविरुद्ध ‘अपहरण शरीर बन्धक तथा ज्यान मार्ने उद्योग’ सम्बन्धी कसुरमा जाहेरी लिई दाङ जिल्ला अदालतबाट ५ दिन म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Abduction
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Total Abducted 1
National/Online Media

0 Comments

Related Reports