Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2023-08-21

Lumbini, Rolpa, Rolpa, Ward 4

२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रोल्पा नगरपालिका–४ लिवाङ बस्ने २२ वर्षीय गणेश डाँगीलाई भदौ ४ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले साउन ३ गते प्रलोभन देखाएर बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा भदौ ४ गते उजुरी दिएका थिए ।

आफूलाई डाँगीले भाइको कोठामा लगेर बलात्कार गरेको पीडितले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजनराज गौतमले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण हालसम्म नगरिएको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments