Incident Reports

कञ्चनपुरमा छात्रामाथि दुर्व्यवहार, विद्यार्थी आक्रमणबाट आरोपित शिक्षक घाइते

2023-08-20

Sudurpashchim, Kanchanpur, Bhimdatta, Ward 10

धनगढीः शिक्षकको दुव्र्यवहार विरुद्ध कञ्चनपुरका विद्यार्थी आन्दोलित भएका छन्। जिल्लाको भीमदत्त नगरपालिकाका एक शिक्षकले विद्यार्थीमाथि दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएका हुन्। भीमदत्त नगरपालिका–१० जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयका शिक्षक वीरेन्द्र जोशीले छात्रामाथि दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलनमा उत्रिएका छन्।

आइतबार विद्यार्थीले शिक्षकमाथि कारबाहीको माग गर्दै विद्यालयमा विरोध प्रदर्शन गरेका छन्। साउन ३१ गते शिक्षक जोशीले एक छात्रामाथि दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले विरोध प्रदर्शन गर्दै दोषी उपर कारबाहीको माग गरेका हुन्। विद्यार्थीले शिक्षक र कार्यकक्षमा ढुंगामुढासमेत प्रहार गरेका छन्।

आन्दोलनका कारण आइतबारको पठनपाठन प्रभावित भएको छ। विद्यालय प्रशासनले भने शिक्षकले छात्रामाथि कुनै दुर्व्यवहार नभएको दाबी गरेको छ। सिद्धनाथ माध्यमिक विद्यालयका प्रध्यानाध्यापक कृष्णसिंह बोहोराले साउन ३१ गते शिक्षक जोशीको छात्रासँग कुम मात्रै ठोक्किएको बताए। शिक्षक जोशीले पनि विद्यालयमा तलमाथि गर्दा भिडभाडमा कुम मात्रै ठोक्किएको बताए।

प्रहरीले शिक्षक जोशीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले बताए। उनका अनुसार विद्यार्थीले ती शिक्षकमाथि हातपात गरेर घाइते बनाएका छन्। उनको महाकाली अस्पतालमा उपचार हुन नसकेर धनगढी पठाएको उनले बताए। प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Extra-judicial response to crime
Actor 1 - Number of people N
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments