Incident Reports

पठनपाठन नभएको भन्दै विद्यार्थीद्वारा विद्यालय तालाबन्दी

2023-08-23

Karnali, Salyan, Bagchaur

सल्यान — सल्यानको बाग्चौर नगरपालिका–७ टाटकेमा रहेको बालकन्या माविका विद्यार्थीले विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् । शिक्षक नभएका कारण पठनपाठनबाट वञ्चित भएको आक्रोशमा विद्यार्थीले विद्यालय तालाबन्दी गरेका हुन् ।

सम्बन्धित निकायले शिक्षकको व्यवस्था नगर्दासम्म विद्यालयमा पठनपाठन हुन नदिने विद्यार्थीले बताएका छन् । पढ्न पाउनुपर्ने अधिकारबाट वञ्चित भएकै कारण तत्काल शिक्षकको माग राख्दै दबाबस्वरुप विद्यालय तालाबन्दी गरिएको विद्यालयका विद्यार्थीले बताएका छन् ।

कक्षा १ देखि ५ सम्म अंग्रेजी र कक्षा ६ र ७ का गणित विषयको शिक्षक नहुँदा पठनपाठनबाट वञ्चित भएको र मावि तहको गणित पढाउने शिक्षकसमेत सरुवा भएकाले आउँदा दिनमा पढ्न नपाउने देखिएपछि विद्यालय तालाबन्दी गरिएको विद्यार्थीले जनाएका छन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people N/A
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments