Incident Reports

छिमेकीको निर्घात कुटपिटबाट ९ वर्षीय बालकको मृत्यु

2023-08-26

काठमाडौं- रुकुमपश्चिममा कुखुरा चोरेको भन्दै छिमेकीको कुटपिटबाट शनिबार एक बालकको मृत्यु भएको छ।

मुसिकोट नगरपालिका- ४ ताङतुंगेका ९ वर्षीय भुवन विकको मृत्यु भएको हाे।

कुखुरा चोरेको आरोपमा स्थानीय रामबहादुर बुढाथोकीले शुक्रबार बालकलाई निर्घात कुटपिट गरेका थिए।

जिल्ला प्रहरी कार्यालयका अनुसार गम्भीर बिरामी भएका बालकलाई उपचारको लागि शनिबार बिहान जिल्ला अस्पताल सल्ले लगिएको थियो। अस्पताल लगेपछि स्वास्थ्यकर्मीले उनलाई मृत घोषणा गरेका थिए।

कुटपिटबाट गम्भीर घाइते भएका बालकलाई २ दिनसम्म उपचार नगरी घरमै राख्दा उनको अवस्था चिन्ताजनक बनेको प्रहरीले जनाएकाे छ।

बुढाथाेकीलाई ‍पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएकाे छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Extra-judicial response to crime
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports