Analysis

असार १४ मा सम्पन्न निर्वाचनको मतगणना अवधिमा भएका घटना

2017-07-19

विश्लेषण अद्यावधि — ९

अवधिः असार १५–२७, २०७४

प्रकाशितः असार ३०

सारांश:

असार १४ मा सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना अवधिमा निर्वाचनसम्बन्धी घटनामा उल्लेखनीय कमी आयो ।ज्ञ नेपाल मोनिटरको तथ्याङ्कअनुसार असार १५ देखि २७ को अवधिमा निर्वाचनसम्बन्धी १४ घटना घटे भने मौन अवधि र निर्वाचनको दिनबीच ९३ घटना भए,द्द तथा जेठ २९ र असार ११ बीच निर्वाचन प्रचार अवधिमा ८९ घटना रेकर्ड गरियो ।घ

यस अवधिमा घटेका १४ घटनामध्ये आठ घटना विभिन्न प्रतिस्पर्धी दलका कार्यकर्ताहरूबीच झडपको रहयो भने दुई घटनामा अज्ञात समूह संलग्न रहे । अन्य चार घटनाहरु यस प्रकार छन् झापाको दमकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कार्यकर्ताहरूले निर्वाचन आयोगले पहिला उनीहरूको पक्षमा रहेको निर्वाचन परिणामलाई बदलेको विरोधमा प्रदर्शन गरे; एउटा मतपत्र हराएपछि मुख्य दलहरूले झापाको अर्जुनधारा नगरपालिकाको मतगणना केन्द्रमा तालाबन्दी गरे; नेपाली काँग्रेसका कार्यकर्ताहरूले निर्वाचनमा आफ्नै दललाई अन्तर्घात गरेको भन्दै एकजना कार्यकर्तालाई कालोमोसो दले; र निर्वाचन विरोधी गतिविधि गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकर्ताहरू र स्वतन्त्र मधेशको अभियानमा रहेको एउटा समूहको एकजना कार्यकर्तालाई प्रहरीले समात्यो ।

***

यो प्रतिवेदन डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल (डिआरसीएन) र शान्तिका लागि साझा अभियान (कोक्याप)÷नेपाल मोनिटरले आउँदो निर्वाचनहरुको अवधिभर प्रकाशन गर्ने आवधिक विश्लेषण अद्यावधि शृङ्खलाको नवौँ संस्करण हो । यस परियोजनाले द एशिया फाउन्डेशन र द कार्टर सेन्टरबाट आर्थिक र प्राविधिक सहायता प्राप्त गरेको छ ।

0 Comments