Analysis

पहिलो चरण प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको उम्मेदवार मनोनयन दर्ता अघि घटेका घटना

2017-11-07

विश्लेषण अद्यावधि — १४

अवधिः असोज १३–कात्तिक ४, २०७४ | प्रकाशितः कात्तिक ८, २०७४

सारांश: 

पहिलो चरण प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवार मनोनयन अघि असोज १३ देखि कात्तिक ४ सम्म को अवधिमा निर्वाचनसम्बन्धी छ घटना घटेको रेकर्ड गरियो । छ मध्ये तीन घटना प्रदेश २ मा तेश्रो चरण स्थानीय तह निर्वाचनसम्बन्धी थिए । एक घटना तलबको लागि निर्वाचन अधिकारीहरूले विरोध प्रदर्शन गरेसम्बन्धी थियो । दोश्रो घटना मतगणनामाथि विवाद र तेश्रो विजय जुलुसमा राजनीतिक दलहरूबीच झडपका थिए । अन्य तीन घटना आउँदो प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनसम्बन्धी थिए । ती मध्ये दुइटा घटना उम्मेदवार चयन र एउटा राजनीतिक दलका कार्यकर्ताहरूले मतदाताहरूलाई धम्की दिएको सम्बन्धी थिए ।

पछिल्लो रिपोर्टिङ अवधिभन्दा निर्वाचनसम्बन्धी घटनामा यस अवधिमा कमी आयो । यस अवधिमा राजनीतिक दलहरू निर्वाचनको आन्तरिक तयारी र उम्मेदवार चयनमा व्यस्त रहँदा चुनावी अभियान न्यून रहेकोले घटनामा कमी आयो । उम्मेदवार मनोनयन दर्तापछि चुनावी अभियान सुरु भएसँगै निर्वाचनसम्बन्धी घटनामा वृद्धि हुने अनुमान गरिन्छ ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको उम्मेदवार मनोनयन दर्ता अघि निर्वाचनसम्बन्धी घटनाको सङ्ख्या तीनै चरणको स्थानीय तह निर्वाचनको उम्मेदवार मनोनयन दर्ता अघिको अवधिभन्दा कम रह्यो ।

***                 

यो प्रतिवेदन डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल (डिआरसीएन) र शान्तिका लागि साझा अभियान (कोक्याप)/नेपाल मोनिटरले आउँदो निर्वाचनहरुको अवधिभर प्रकाशन गर्ने आवधिक विश्लेषण अद्यावधि शृङ्खलाको चौधौं संस्करण हो । यस परियोजनाले द एशिया फाउन्डेशन र द कार्टर सेन्टरबाट आर्थिक र प्राविधिक सहायता प्राप्त गरेको छ ।

0 Comments