Analysis

दोस्रो चरणको स्थानीय तह निर्वाचन (असार १४) अगाडिका घटनाहरु

2017-06-26

विश्लेषण अद्यावधि — ७

अवधिः जेठ ९–२८, २०७४

प्रकाशितः असार २

 सारांश:

असार १४ मा हुने भनिएको दोस्रो चरणको स्थानीय तह निर्वाचनको तयारी र प्रचार–प्रसारमा तीव्रता आएसँगै प्रदेश १, २, ५ र ७ मा निर्वाचनसम्बन्धी घटनामा उल्लेख्य वृद्धि देखियो । वैशाख २९ देखि जेठ ७ बीच १९ घटनाका तुलनामा जेठ ९ र २८ को अवधिमा नेपाल मनिटरको तथ्याङ्कअनुसार यी प्रदेशहरुमा ४६ घटना घटे । उक्त ४६ घटनामध्ये १५ राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को निर्वाचन विरुद्ध लक्षित कार्यक्रम थिए, ११ घटनामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरु या ‘निर्वाचन विरोधी’ गतिविधिमा संलग्न थिए वा त्यस्ता गतिविधिमा सरिक हुने आशङ्काले प्रहरीद्वारा गिरफ्तार हुन पुगे, छ घटना राजनीतिक दलका कार्यकर्ताहरुले आफ्ना दलले छानेका उम्मेदवारी प्रति असन्तुष्टि जनाउँदा आन्तरिक विवादका रहे, छ घटनामा दलहरुबीच विवाद भयो र पाँच घटना भर्खरै गठित स्थानीय एकाइहरुको सीमानाविरुद्ध असन्तुष्टिको रहयो ।

***

यो प्रतिवेदन डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल (डिआरसीएन) र शान्तिका लागि साझा अभियान (कोक्याप)÷नेपाल मोनिटरले आउँदो निर्वाचनको अवधिभर प्रकाशन गर्ने आवधिक विश्लेषण अद्यावधि शृङ्खलाको सातौँ संस्करण हो । यस परियोजनाले द एशिया फाउन्डेशन र द कार्टर सेन्टरबाट आर्थिक र प्राविधिक सहायता प्राप्त गरेको छ ।

0 Comments