Analysis

दोश्रो चरण निर्वाचनको मतगणनापछि भएका घटना

2017-08-10

विश्लेषण अद्यावधि — १०

अवधिः असार २८–साउन १८, २०७४ | प्रकाशितः साउन २४ 

असार १४ मा भएको दोश्रो चरण निर्वाचनको मतगणना असार २७ मा सम्पन्न भए पश्चात् नेपाल मोनिटरको तथ्याङ्कअनुसार असार २८ देखि साउन १८ को अवधिमा निर्वाचनसम्बन्धी एक घटना घट्योे । फागुन ९, २०७३ मा स्थानीय निर्वाचन घोषणा भएपछिको अवधिहरूमा निर्वाचनसम्बन्धी रेकर्ड गरिएका घटनाहरुमध्ये, यो सबैभन्दा न्यून घटना संख्या हो । स्थानीय तह पुनर्संरचनाप्रति असहमति जाहेर गरिएको थप एउटा घटना यस अवधिमा रेकर्ड गरियो । तेश्रो चरण निर्वाचनमा अझै पाँच हप्ताभन्दा बढी समय बाँकी रहेको अवस्थामा राजनीतिक दलहरूले गतिविधि नगरेको हुनाले यस अवधिमा निर्वाचनसम्बन्धी घटनामा उल्लेखनीय कमी आएको हुन सक्छ । 

असार २३ मा राष्ट्रिय जनता पार्टी नेपाल राजपाले निर्वाचन आयोगमा विधिवत् दलको रूपमा दर्ता गरेता पनि निर्वाचनमा उक्त दलले भाग लिनको निम्ति संविधान संशोधनको अडानलाई जारीनै राखेको छ । सत्तारूढ दलहरू र राजपाबीच अनेकौँ चरणको वार्ता भएता पनि साउन १८ सम्म उनीहरूबीच कुनै सम्झौता भएको छैन । 

पहिलो र दोश्रो चरणको निर्वाचन अवधिमा उल्लेखनीय सङ्ख्यामा घटना घटेको रेकर्ड गरिएको थियो । निर्वाचनको मिति नजिकिदै जाँदा चुनावको पक्ष र विपक्षमा अभियान सुरु हुन थालेपछि प्रदेश २ मा निर्वाचनसम्बन्धी घटना बढ्ने अनुमान गर्न सकिन्छ । 

***

यो प्रतिवेदन डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल (डिआरसीएन) र शान्तिका लागि साझा अभियान (कोक्याप)÷नेपाल मोनिटरले आउँदो निर्वाचनहरुको अवधिभर प्रकाशन गर्ने आवधिक विश्लेषण अद्यावधि शृङ्खलाको दशौँ संस्करण हो । यस परियोजनाले द एशिया फाउन्डेशन र द कार्टर सेन्टरबाट आर्थिक र प्राविधिक सहायता प्राप्त गरेको छ ।

0 Comments