Analysis

मधेशी मोर्चाले सरकारबाट समर्थन फिर्ता लिए पश्चात भएका घटनाहरु र चुनावी वातावरण — विश्लेषण अद्यावधिक — ३

2017-04-20

विश्लेषण अद्यावधिक — ३

अवधिः चैत ३ देखि १८, २०७३ | प्रकाशितः चैत ३१, २०७३

सारांश:

चैत २ मा मधेशी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लियो र संविधान संशोधन मार्फत उनीहरुको माग सम्बोधन नगरिञ्जेल २०७४ वैशाख ३१ का लागि तय गरिएकाे स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने र बिथोल्ने घोषणा गर्यो । यस लगत्तै मोर्चाले निर्वाचनको विरोधमा विभिन्न कार्यक्रमहरु थाल्यो । चैत ३ देखि १८ को अवधिमा मोर्चाले स्थानीय निर्वाचनको विरोधमा कम्तीमा २४ विराेधका कार्यक्रमहरू अायाेजना गरे । सरकारी कार्यालयहरुलाई घेराउ तथा तालाबन्दी गर्नुदेखि भर्खरै स्थापित स्थानीय तहका कार्यालयहरुको साइनबोर्ड झिक्नु र तोडफोडसम्मका घटनाहरु भए । अधिकांश घटनाहरु प्रदेश २ मा घटेका हुन् । मोर्चाको विरोध कार्यक्रम दौरान कुनै पनि झडप तथा हिंसात्मक घटना भएन ।

***

यो प्रतिवेदन डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल (डिआरसीएन) र शान्तिका लागि साझा अभियान (कोक्याप)/नेपाल मोनिटरले आउँदो निर्वाचनको अवधिभर प्रकाशन गर्ने आवधिक विश्लेषण अद्यावधिक शृंखलाको तेस्रो संस्करण हो । डिआरसीएनले स्थलगत अवलोकन, अनुसन्धान र वस्तुगत रिपोर्टिङ मार्फत् नेपालको लोकतन्त्रलाई प्रवर्धन गर्ने लक्ष्य लिएको छ । कोक्यापले नेपालको शान्ति प्रक्रियालाई विभिन्न तरिकाले सघाएको छ, तीमध्ये सामाजिक सुरक्षा प्रणालीलाई प्रबर्धन गर्ने, लोकतान्त्रिक अभ्यासहरुलाई सबल पार्ने र मानवअधिकारको संस्कृतिलाई विकास गर्ने मुख्य हुन्। यस परियोजनाले द एशिया फाउन्डेशन र द कार्टर सेन्टरबाट आर्थिक र प्राविधिक सहायता प्राप्त गरेको छ ।


0 Comments