Analysis

स्थानीय तह निर्वाचन घोषणाको सेरोफेरोमा भएका राजनीतिक परिचालन तथा घटनाहरु, विश्लेषण अधावधिक— १

2017-03-17

स्थानीय तह निर्वाचन घोषणाको सेरोफेरोमा भएका राजनीतिक परिचालन तथा घटनाहरु

विश्लेषण अधावधिक— १

अवधिः फागुन ९ देखि २३, २०७३/प्रकाशितः चैत १, २०७३

सारांश :

नेपाल सरकारले २०७३ फागुन ९ गते विगत बीस वर्षमा पहिलो स्थानीय तहको निर्वाचन २०७४ बैशाख ३१ मा सम्पन्न हुने घोषणा गरियो। नागरिकहरु आफ्ना समुदायमा स्थानीय प्रतिनिधिहरु चयन गर्न आतुर रहेको हुनाले यस घोषणाको प्रतीक्षामा नै थिए । तथापि यस घोषणासँगै तराईका विभिन्न ठाउँमा विरोध र हिंसात्मक झडपहरु भए, जहाँ संविधान विवादित रहेको छ र चुनाव हुनु अगावै विभिन्न राजनीतिक मुद्दाहरु समाधान गरिनुपर्ने लामो समयदेखिको माग छ । मधेशी प्रदशर्नकारी र नेकपा (एमाले) का कार्यकर्ताहरुबीच झडप वा यी दुई समूहबीचको तनाव समाधान गर्न सुरक्षा दस्ताहरु परिचालित हुँदा कम्तीमा चार जनाको मृत्यु भयो र अनेकौं घाइते भए । राजनीतिक समाधान नखोजिकनै मुलुक निर्वाचनतर्फ अगडि बढ्ने हो भने विरोध, झडप, र परिणामतः हिंसात्मक घटनाहरु निरन्तर जारी रहने गहिरो चिन्ता बिधमानछ ।

***

यो प्रतिवेदन डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल (डिआरसीएन) र शान्तिका लागि साझा अभियान (कोक्याप)÷नेपाल मोनिटरले आउँदो निर्वाचनको अवधिभर प्रकाशन गर्ने आवधिक विश्लेषण अद्यावधिक शृंखलाको पहिलो संस्करण हो । डिआरसीएनले स्थलगत अवलोकन, अनुसन्धान र वस्तुगत रिपोर्टिङ मार्फत् नेपालको लोकतन्त्रलाई प्रबर्धन गर्ने लक्ष्य लिएको छ । कोक्यापले नेपालको शान्ति प्रक्रियालाई विभिन्न तरिकाले सघाएको छ, तीमध्ये सामाजिक सुरक्षा प्रणालीलाई प्रबर्धन गर्र्ने, लोकतान्त्रिक अभ्यासहरुलाई सबल पार्ने र मानवअधिकारको संस्कृतिलाई विकास गर्ने मुख्य हुन् । यस परियोजनाले द एशिया फाउन्डेशन र द कार्टर सेन्टरबाट आर्थिक र प्राविधिक सहायता प्राप्त गरेको छ ।



0 Comments