Incident Reports

Journalist Threatened over News Story

2012-11-04

नेपालगञ्ज । कात्तिक १८ गते

नेपालगञ्ज नपा- स्थायी घर भई नेपालगञ्जबाट प्रकाशित हुँने सदभाव राष्ट्रिय दैनिकका प्रकाशक तथा सम्पादक ३२ वर्षीय दामोदर भण्डारीलाई निजामती कर्मचारी युनियन बाँकेका अध्यक्ष तथा जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय नेपालगञ्जका लेखा अधिकृत पदम जिसीले ठीकपार्ने धम्की दिएका छन्

सदभाव दैनिकमा ०६९ कात्तिक १५ गते बुधवार अंकको मुख पृष्ठमा 'कर्मचारी युनियनका अध्यक्ष पदम जिसीले सरकारी गाडीमा धान ओसारे' शीर्षकमा प्रकाशित समाचारको विषयलाई लिएर अध्यक्ष जिसीले त्यस्तो धम्की दिएका हुन

 

समाचार प्रकाशित भएको विषयमा अध्यक्ष जिसीले आफूलाई ठीकपार्ने भन्दै केही पत्रकारलाई फोन गरेको आफूले सो विषयमा सोध्दा समेत 'मलाई कमजोर नठान्नु' भनी धम्कीपूर्ण उत्तर दिएको पीडित पत्रकार भण्डारीले बताए 'केही महिना अघिपनि कर्मचारीले श्रम कार्यालय नेपालगञ्जका प्रमुखलाई कुटपिट गरेको समाचार सदभाव दैनिकमा प्रकाशित हुँदा धम्काएका थिए' पत्रकार भण्डारीले भने

 

प्रकाशित समाचारमा जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयको बा. . ५२७६ नम्बरको जिपमा धान ओसार्दै गरेको फोटो समेत प्रकाशित भएको थियो

 

यसैबीच, पत्रकार भण्डारीले ०६९ कात्तिक १७ गते जिल्ला प्रशासन कार्यालय बाँकेमा सुरक्षाको माग तथा धम्की दिनेलाई कारबाहीको माग गर्दै उजुरी दर्ता गराएका छन् त्यस्तै, क्रान्तिकारी पत्रकार सङ्घ बाँकेले कात्तिक १७ गते नै विज्ञप्ति मार्फत धम्कीको निन्दा गर्दै भौतिक कारबाहीको धम्की दिनेलाई कडा कारबाहीको माग गरेको

 

पीडित पत्रकार भण्डारी अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकको बाँके संवाददाता एवम् पत्रकार महासङ्घका केन्द्रीय पार्षद समेत हुन

इन्सेक मध्यपश्चिम क्षेत्रीय कार्यालय, नेपालगञ्ज

 

 

Nepalgunj/November 3

Editor of the Sadbhav national daily Damodar Bhandari has been threatened by Padam GC, Chairperson of Government Employees Union Banke and accounts officer at Water Induced Disaster Control Office Nepalgunj.

 

Bhandari, 32, of NepalgunjN.P.1 is also the publisher of the newspaper published from Nepalgunj.

 

GC threatened Bhandari after the newspaper carried a news of GC transporting paddy in government vehicle published in the October 3 edition of the newspaper. Picture of the office vehicle transporting paddy was also published in the newspaper.

 

According to Bhandari, GC had told some journalists that he would 'correct' Bhandari. "When I asked him about the threat, he warned me not to consider him weak," Bhandari said.

 

Meanwhile, Bhandari has filed a complaint at the District Administration Office Banke on November 2 demanding security and action against the GC.

 

Revolutionary Journalists Association Banke has condemned the threat and demanded action against those issuing the threat.

INSEC Mid-western Regional Office

0 Comments