Incident Reports

UCPN-M Cadres Accused of Abducting Girl

2012-11-10

कास्की । कात्तिक २४ गते

लेखनाथ नपा-८ का १३ वर्षीया बालिकालाई एमाओवादीका कार्यकर्ताहरूले ०६९ कात्तिक २३ गते राति १२ बजे घरबाट अपहरण गरेको भन्दै पीडित परिवारले अपहरित बालिकाको जीवन रक्षा गर्न पीडित परिवारले अपिल गरेको छ ।

 

पीडित बालिकाका परिवारले ०६९ कात्तिक २४ गते इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालयमा निदेवन दिँदै बालिकाको जीवन रक्षा गर्न पीडित परिवारले अपिल गरेको हो । पीडित बालिका दाजु योगबहादुर क्षेत्रीले भने, सपरिवार मेरी बहिनी घरमा सुतिरहेको बेला ०६९ कात्तिक २३ गते राति १२ बजे एमाओवादीका कार्यकर्ता सन्तोष सोनाम, रसिद र एक महिलाले घरबाट अपहरण गरी बेपत्ता पारेकोले बहिनीको जीवनरक्षाको लागि अपिल गर्छु । उनका अनुसार पीडित बालिकाले अपहरणकारीबाट लुकेर ०६९ कात्तिक २४ गते विहान ११ बजेतिर ९८१६६४७४११ नम्बरको मोबाईलबाट आमाको ९८०६७३१२११ नम्बरको मोबाईलमा फोन गरी आफू अपहरणमा परेको भन्दै बचाउन आग्रह गरेकी थिइन् ।

 

घटनाको बारेमा जिल्ला प्रहरी कार्यालयका एसपी शैलेश थापा क्षेत्रीले घटनालाई प्रहरीले गम्भीरतापूर्वक लिएर अनुसन्धान गर्न इन्स्पेक्टरसहितको टोली घटनास्थलमा पठाइसकेको बताए । उनले भने, अनुसन्धानका क्रममा पीडितको घरको ढोका भित्रबाट खोलिएको देखिन्छ, त्यसले गर्दा घटना झन् रहस्यमय बनेको छ, हामीले तीव्र गतिमा अनुसन्धान गरिरहेका छौँ । एनेकपा माओवादीका इन्चार्ज झलकपाणि तिवारीले घटनामा एमाओवादीका कार्यकर्ताको संलग्न नभएको दावी गर्दै पूर्व सभासद् सफिक मियाको षडयन्त्र भएको हुन सक्ने बताए ।

 

एनेकपा माओवादीका पूर्व सभासद ४२ वर्षीय मोहम्मद सफिक मियाले घरेलु कामदारको रुपमा ०६८ सालदेखि आफ्नो घरमा राखेका उक्त बालिकालाई विभिन्न प्रलोभन, डर, धाक देखाउदै पटक-पटक बलात्कार गरेको आरोप लगाउँदै पीडित परिवारले ०६९ कात्तिक १८ गते जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरी अनुसन्धान जारी राखेको एसपी शैलेश थापा क्षेत्रीलले बताए । मियाले मासिक एक हजार तलव दिने सर्तमा ल्याएकोमा दुई महिनापछि नै प्राकृतिक र अप्रातिक यौन शोषण गर्दै आएको पीडित बालिकाले प्रारम्भिक बयान दिएको र यसअघि बालिका यौन शोषण गरेको सूचनाका आधारमा ०६९ कात्तिक १७ गते बालिकालाई पीडकको डेराबाट प्रहरीले उद्दार गरी परिवारको जिम्मा लगाएको थियो ।

सनबहादुर थापा

 

Kaski/November 9

Accusing the UCPN-M cadres of abducting a 13-year-old girl of LekhnathN.P.8 from home at midnight on November 8, the girl's family has urged INSEC Pokhara to take steps for her life safety.

The victim's family appealed INSEC western regional office on November 9.

 

Her brother Yog Bahadur Chettri said that UCPN-M cadres Santosh Sona, Rasid and a woman abducted his sister while she was sleeping with family members at home. According to him, the victim had called at her mother's mobile phone at around 11 am on November 9, informing about the abduction.

 

SP Shailesh Thapa Chettri of the district police office said that a police team led by Inspector had been deployed in the area for investigation.

 

UCPN-M in-charge Jhalakpani Tiwari claimed that none of his cadres were involved in the incident, adding that former CA member Safik Miya might have been behind the incident.

 

SP Thapa said that the victim's family had filed a case against Miya at the DPO on November 3, accusing him of repeatedly raping her since last year. The victim was working as a domestic help at Miya's house. Police had rescued her from the rented room of Miya on November 2 and handed over to her family.

San Bahadur Thapa

0 Comments

Related Reports
Related Trend Analysis