Incident Reports

फूपूको घर हिँडेकी युवती बलात्कृत

2016-05-18

Lumbini, Dang, Tulsipur

तुलसीपुरमा एक युवती बलात्कृत भएकी छिन्। प्युठान घर भएकी १८ वर्षीया ती युवतीले आफू गाडीका स्टाफहरूबाट बलात्कृत भएको दाबी गरेकी छन्। बुधबार साँझ साढे ८ बजे घोराहीबाट तुलसीपुर आफ्नो फूपूको घर आएकी ती युवतीले आफूलाई मानपुरको जंगलमा लगेर बलात्कार गरिएको बताएकी हुन्। उनले फोनमा भनिन्, ‘म तुलसीपुरबाट घोराही आएपछि अन्य सबै यात्रुलाई झारियो। मलाई फूपूको घर हामी छोड्दिन्छौं भने र मानपुरको एक जगंलमा लगेले दुई जनाले बलात्कार गरे।’ बलात्कारपछि आफू उम्केर अर्काे गाडीमा चढेर फेरि तुलसीपुर आएको पीडित युवतीले बताइन्। बलात्कारमा संलग्नले कतै खबर गरेमा ज्यान मार्ने धम्की दिएको पनि उनले बताइन्। जिल्ला प्रहरी प्रमुख कुवेर कडायतले एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जानकारी दिए। उनले भने, ‘एक जना सहचालक र गाडी हामीले नियन्त्रणमा लिइसकेका छौं।’ पीडित युवतीको हाल राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। साताअघि पनि दुई युवती बलात्कारको सिकार भएका थिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments